दुहबी / सुनसरीको दुहबी नगरपालिका ३ स्थित संचालनमा रहेको बनारसि होटेलले कुहिएको मिठाइँ बैचेर आम उपभोक्ता ठग्दै गरेको पाइएको छ ।
सोमबार दुहबी नगरपालिकाले आयोजना गरेको एक कार्यक्रममा खाजाको लागि बनारसि होटेल बाट मगाएको रस मलाई मिठाइ कुहिएको फेला परेको दुहबी नगर पालिका स्रोतले जनाएको छ ।
यता सोही विषयमा होटेल संचालक संग कुरा गर्दा गल्ति स्विकारेका
छन ।
उता सो विषयमा दुहबी नगरपालिकाका उप प्रमुख मेनुका पोखरेल खतिवडा संग बुझदा सो होटेल अनुगमन गरी कार्वाही गर्ने बताईन । बिगत लामो समय देखि दुहबीका केही होटेलहरुमा अनुगमनको क्रममा अखाद्य वस्तु फेला परेको, होटेल फ़ोहोर देखिएको लगायतको समस्या देखिए पनि दुहबीकि उपमेयर संयोजक रहेको अनुगमन समितिले कार्वाही सहितको जरिवाना न लगाउँदा होटेल संचालकहरुको मनोमानी बढेर स्वास्थ्य जस्तो संवेदनशील विषयमा लापरबाही गरेको जग जाहेर छ ।





