दुहबी / सुनसरीको दुहबी नगरपालीकाका नगरप्रमुख बेद नारायण गच्छादारले सुनसरी- मोरङ अन्तर्गत सन्चालीत उद्योग बाणिज्य संघ, उद्योग परि संघ, ब्यापार संघका कुनै पनि कार्यक्रममा आगामी १ बर्स सम्म सहभागी नहुने र कुनै किसिमको साथसहयोग नगर्ने बताएका छन्।

बिहीबार दुहबी पार्टिप्यालेसमा आयोजित दुहबी नगरपालीकाको शहरि उथ्थानशिलता मार्गचित्र कार्यक्रमलाइ सम्बोधनगर्दै उनले सो कुरा बताएका हुन्।
दुहबीको शहरी उत्थानशिलता मार्गचित्रले जलबायु परिवर्तन, बिपद ब्यावस्थापन- जोखिम न्युनिकरण र उथ्थानशिलतालाइ एकिकृत गर्न क्षेमता सुधार गर्नुको साथै उथ्थानशिलताको मार्गदर्शक बन्न दुहबी नगरपालीका लागि परिरहेको अबस्थामा मोरङ सुनसरी औधोगिक करिडोरमा सन्चालित उद्योगका सन्चालकहरुलाइ आमन्त्रण गर्दा समेत सहभागि नहुनु र दुहबी नगरपालीकामा सन्चालित उद्योगले पारेको बातवरणिय प्रभाव, जनजिबनमा देखिएको समस्या र जलवायु परिवर्तनले उब्जाएको दुरगामी प्रभावको बारेमा बेखबर बनि नगरबासिको जनधन प्रति बेवास्ता गरेको भन्दै उनले आगामि कार्यक्रमहरु बहिस्कार गर्ने घोषणा गरेका हुन।
नगरबासिले पटक पटक औद्योगिक प्रदुशणको सिकार बन्नु पर्ने, अनि सिमित घरानाका पहुचवाला उद्योगि राजनितिक आडमा माथि जाने र आफु अनुकुल नियम बनाइ स्थानिय तह र जनप्रतिनिधिहरुलाइ ढाल बनाउने कार्यको भत्सर्ना गर्दै उनले भने दलिय श्रीपेच ओडेर निति निर्माण तहमा पुग्ने र जनताको भन्दा आफ्नो लागी कानुन बनाएर स्थानिय तहलाइ उपेक्षा गरि केन्द्रले नै IEE रिपोर्ट दिएर उद्योग सन्चालन अनुमती दिदा स्थानिय तहले गालिमात्रै खाने उद्योगीहरु कमाइ खाने बन्ने चलनको अन्त्य हुनु पर्छ।
‘ मैले औधोगिक करिडोरमा सन्चालित उद्योग र उनिहरुका सबै संगठनका कुनैपनि कार्यक्रममा सहभागिता मात्रै होइन हरेक साथ सहयोग गर्दै आएको थिएँ तर दुहबीको हित र सुरक्षाको प्रश्न आउदा उहाहरु पन्छिने, लुक्ने काम गर्दा उहाहरु सग समन्वयनको बाटो बन्द भएको छ, त्यसैले आगामी १ बर्ष सम्म उहाहरु सच्चिन आग्रह सहित सहभागि नहुने घोषणा गरेको हुँ, उनले भने। स्थानिय तहलाइ कुनै जानकारि नदिइ , पहुँचको आधारमा उद्योग खोल्ने तर जनताको दुख गुनासो नसुन्ने हुदा स्थानिय तहका जनप्रतिनिधिहरुले दुर्गन्ध, पानी अभाव, ध्वनि प्रदुशण, धुवा धुलो भयो भन्ने जस्ताकुराको बिसयमा गालिमात्रै खाइरहनु परेको उनले जनाए।
दुहबी नगरपालीका लाइ आगामी दिनमा जलवायु परिवर्तनले हुनसक्ने जोखिम न्युनिकरण , समावेसि आर्थिक लचिलो पनको लागी ग्यान र सिकाइ साझेदारी गर्दै शहरि उत्थानशिलतालाइ प्रवर्धन गर्न निति बनाउने र कार्यन्वयन गर्ने बाटोमा अग्रसर बनिसकेको बताउदै ”स्वच्छ, सफा , हराभरा … सुन्दर दुहबी हाम्रो अभिभारा ” नाराका साथ अगाडि बढिसकेको गच्छादारले बताए ।
संयुक्त रास्ट्र सघीय बिकाश कार्यक्रम ( UNDP ) को सर्वेक्षण अनुसार बहुआयामिक र दुरदर्शी बिकास परियोजना अगाडि सार्ने देशभरका नगरपालीका हरुमध्य दुहबि नगरपालीका उत्कृष्ट १० भित्र देखाएको छ। स्यान्जाको वालिङ नगरपालीका पछि नेपालकै दोश्रो सहरी उत्थानशिलता मार्गचित्र सर्वेक्षण दुहबी नगरपालीकामा हुदै गरेको अवस्थामा नगरप्रमुख गच्छादारले दुहबीको बिकास र समुन्नतीको लागि जस्तो सुकै परिस्थिति को पनि सामना गर्न आफु तयार रहेको जनाए





