दुहबी / सुनसरीको गढीमा लघुवित्त संस्था विरुद्ध बिरोध सभा र जनचेतनामुलक कार्यक्रम बिहिवार सम्पन्न भएको छ ।
विरोधमा उत्रेका एक सहभागी युवाका अनुसार लघुवित्त संस्थाले गरेको ज्यादती विरुद्ध संघर्षमा उत्रिन बाध्य भएको बताउदै ऋण मिनाहा गर्ने गराउने आफुहरुको कुनै उदेश्य न रहेको जनाए ।
लिएको ऋण तिर्नै पर्ने बताउदै उनले भने व्यापार व्यवसाय ठप्प बराबर रहेको वेला लघुवित्त संस्थाका कर्मचारीहरुले घर-घरमा आएर गाली बेज्जती नगरी चर्को ब्याज कम गरेर ऋण तिर्न कसरी सहज हुन्छ त्यो विषयमा सोच्नु पर्ने बताउँछन् ।
उनका अनुसार लघुवित्तको शामन्ती शोषक व्यवहारबाट पीडितहरु मर्नु न बाच्नुको अवस्थामा रहेको गुनासो गरे ।
बाचौं बचाउ र अघि बढौ भन्ने मुल नाराका साथ आज भएको विरोध सभामा सयौंको संख्यामा रहेका लघुवित्त पीडितहरुले विरोध जनाउदै एकजुट भएर लाग्ने जनाएका छन् ।
लघुवित्त संस्था विरुद्ध संघर्ष समितिका केन्द्रीय उपाध्यक्ष सुशिला थापा लगायतका लघुवित्त संस्था विरुद्ध संघर्ष समिति सुनसरी-मोरङका अध्यक्षहरु, सल्लाहकारहरु लगायतका वक्ताहरुले बिरोध जनाउदै लघुवित्त संस्थाले गरेको ज्यादती विरुद्ध आन्दोलन गर्नुपर्नेमा जोड दिएका थिए ।





