दुहबी / दुहबी नगरप्रमुख बेद गच्छादार र इन्स्योर परियोजनाकि फिल्ड अधिकृत रेखा उप्रेति सहित प्रमुख प्रशासकिय अधिकृत राजकुमार केसि र शिक्षा साखा प्रमुख निलमणि खनालले सामुहिक अनुगमन गरेका छन्। इन्स्योर र दुहबी नगरपालीकाको सहलगानीमा निशुल्क फ्रोफेशनल बिल्डिङ एलेक्ट्रीसियन समबन्धी तालिम सन्चालन भएको छ्। तालिमकेन्द्र मनमोहन प्राबिधिक बिश्व बिध्यालय बुढिगंगामा सन्चाल भएको उक्त तालिममा बुढिगँगा र दुहबीका दर्जनौ युवायुवतीहरुले तालिम लिइ रहेका छन। दुहबी नगरपालीकाले मासिक ७हजार ५ सय प्रतीब्यक्ती शुल्क तिरेर २० जना दुहबीका बेरोजगार युवायुवतीलाइ स्वरोजगार , आत्मनिर्भर, उद्यमी बनाउने लक्षले हाल मनमोहनमा अध्यापन गराइ रहेको छ्। तालिममा सहभागि बिद्यार्थीहरुले मेहेनतका साथ सिकिरहेको अनुगमनमा भेटिएको छ्। CTEVT अन्तर्गत अध्ययन गराइ रहेको यस PBET तालिम LEVEL-2 को रहेको र बिद्युत प्राधिकरणमा जागिर मा पनी चौथो तह अर्थात सुपरभाइजर सम्मको कोटामा नोकरी गर्न सकिने छ्। गत ३ बर्ष देखी यस्ता सिपमुलक तालिमहरु दिदै आएको दुहबी नगरपालीकाले इन्स्योर सग सहकार्य गरी शैक्षिक सुधारका माध्यम बाट पालीका भित्रका युवायुवतीहरुलाइ सिपमुलक अध्ययन गराइ स्वरोजगारौन्मुख बनाउदै आएको र फेरि यसै बर्षमापनी कम्युटर हार्डवेर/ सफ्टवेर , सिसिक्यामेरा लगायतको तालिम चलाउन तयारी रहेको दुहबी नगर प्रमुखले जानकारी गराए
यसरी नै दिगो तथा सम्मानित रोजगारीका लागी सिप परियोजना इन्स्योर र दुहबी नगरपालीकाको सहकार्यमा माध्यामीक तहका सामुदायीक तथा संस्थागत बिद्यालयहरुका कक्षा नौमा अध्यनरत बिद्यार्थिहरुको बृति मार्ग निर्देशन गर्ने उदेश्यले सन्चालीत तालिमको अनुगमन गरिएको छ्। दुहबी नगरप्रमुख बेद गच्छादार र शिक्षा शाखा प्रमुख निलमणि खनालले महेन्द्र मेमोरियल एकेडेमि दुहबी ४ का कक्षा ९ मा सन्चालित उक्त तालिमको अनुगमन गरेका थिए।
अनुगमनका क्रममा आफ्ना भनाइ राख्दै दुहबी नगरप्रमुख गच्छादारले सामुदायिक र संस्थागत बिद्यालयलाइ नया संघिय संरचना अनुरुप परिवर्तगर्न र परम्परागत क्षिक्षा प्रणाली अनुसार आजको आवस्यकता अनुरुप ढाल्न जरुरी भएको महशुस गरि आफुले यो बृति मार्ग निर्देशन कार्यक्रम अगाडि सारेको बताए। गार्जेनको रुचि अनुसार होइन, बिद्यार्थीको चाहाना अनुसारको क्षिक्षा नै आजको आवस्यकता हो, किताबि ज्ञान ले भन्दा ब्यावहारिक शिक्षाले बिद्यार्थिको सुनौलो भबिस्य निर्धारण गर्न सक्छ, उनले भने ।
बिद्यालय र बिद्यालयभन्दा बाहिरका युवाहरुलाइ बृति मार्ग निर्देशन तालिम दिइ स्वरोजगार , आत्मनिर्भर र आर्थीक उन्नतीको बाटोमा लैजान आफुले २०७८ भदौदेखि नै कदम चालेको बताउदै उनले CTEVT मार्फत सिपमुलक तालिम दिइ दर्जनौ युवाहरुलाइ निशुल्क लगानिमा दक्ष बनाउदै आएको उनले जनाए । उनले आर्थिक अभावका कारण पढाइ छोडेर दुर्ब्यसनिको सिकार हुन नपरोस भनि त्यस्ताखाले युवाहरुलाइ नगरपालीकाले लगानि गरि प्रोफेशनल बिल्डिङ इलेक्टृसिय, कम्युटर हार्डवेर्हार्डवेर्/सफ्ट वेर , सिसि क्यामेरा, अल्मुनियम फेबृकेटर जस्ता प्राबिधिक शिक्षा दिइ स्वच्च नागरिकको रुपमा रुपान्तरण गर्न आफु लागी परेको र लागी रहने बचनबद्दता प्रकट गरेको थिए।
शिक्षा साखा प्रमुख खनालले बृतिमार्ग निर्देशनले बिद्यार्थीको रुचि अनुसारको बृतिबिकाश हुने आफ्नो स्किल र आगामि अध्ययन को बाटो अबलम्बन गर्ने हुदा बिद्यार्थिको सर्वाधिक हित हुने ठहर गरेका थिए। रुचि छनौट गरि अध्ययन पश्चात प्राबिधिक तथा प्रशाशनिक क्षेत्रमा लागी दिगो आर्थिक उपार्जन र समुन्नत समाज निर्माणमा सहयोग पुग्ने हुदा बिद्यार्थिहरुलाइ सो तालिम आयोजना गरिएको उनले बताए।
इन्स्योर ले २०७८ साल भदौ २५ देखी २०८२ असार ३१ सम्म बृति बिकाशका कार्यक्रम सन्चालन गर्ने छ्। बिद्यालय स्तरमा क्षा ९ र १० मा अध्यययनरत बिद्यार्थीहरुको रुचि छनौट गरी भबिश्यमा अगाल्न सक्ने पेशा , ब्यावसायमा बिकाशगर्ने उदेश्यले सन्चालित इन्स्योर परियोजनाले काम गर्ने इन्स्योरकि फिल्ड अधिकृत रेखा उप्रेतीले जानकारी दिइन्।





