• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

बुढीगंगामा हाइटेन्सनको पोलमा चढेका युवालाई ओह्राल्न धनकुटा पुगेका अध्यक्षलाई फर्काइदै

काेचिला खबर by काेचिला खबर
05/13/2023
in स्थानीय
68
SHARES
307
VIEWS
Share on FacebookShare on Twitter

विराटनगर । निर्माण कार्य गुणस्तरीय हुनुपर्ने माग सम्बोधन नगरेको भन्दै हाइटेन्सन लाइन प्रशार भएको पोलमा चढेका मोरङ बुढीगंगाका युवकलाई त्यहाँबाट झार्न सुरक्षाकर्मीहरुले प्रयास जारी राखेका छन् ।

सुरक्षाकर्मीले निरन्तर प्रयास गरेपनि उनी पोलबाट झर्न मानेका छैनन् । १ लाख ३२ हजार भोल्ट बिद्युत दौडिरहेको पोलमा उनी ७ घण्टादेखि बसिरहेका छन् । पोलमा मानिस चढेको जानकारी गराएको भएपनि नेपाल विद्युत प्राधिकरणले बिजुली काटेको छैन ।

उद्दार गर्न १५/२० मिनेटका लागि विद्युत बन्द गर्न सकिने तर लामो समय विद्युत बन्द गर्न नसकिने प्राधिकरणले सुरक्षाकर्मीलाई जानकारी गराएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक तथा प्रवक्ता रञ्जनकुमार दाहालले युवकलाई पोलबाट तल झार्ने प्रयास भइरहेको बताए । उनले भने ‘हामी माथी चढेर उनलाई झार्न सक्छौं तर हामी उद्दारका लागि माथि चढ्दा उनी हाम्फाल्ने खतरा छ त्यसैले उद्दार गर्न कठिनाइ भएको छ ।’

बुढीगंगा गाउँपालिका – ७ डंग्राहाका ४० वर्षीय दिनेश कुमार माझी सडकमा निर्माण भइरहेको रिटेनिङ वालको काम रोक्न माग राख्दै हाइटेन्सन लाइनको पोलमा चढेका हुन् ।

गाउँपालिका अध्यक्ष जित नारायण थापा मगर र उपाध्यक्ष अमृता कुमारी गच्छदार थारुले आफनो मागलाई वेवास्ता गरे आत्मदाह गर्ने चेतावनी समेत दिएका छन् । उनी शनिवार बिहान ६ बजे चढेको स्थानीयले बताएका छन । उनी हाइटेन्सन लाइनको पोलमा चढेको सात घण्टा भएको छ ।

उनले गाउँपालिका अध्यक्ष लगायत जनप्रतिनिधिहरुले काम रोक्ने र गुणस्तरीय निर्माण गर्ने विषयमा छलफल गर्न तयार भए पोलबाट झर्ने सर्त राखेका छन् । तर आज गाउँपालिका अध्यक्ष र वडाध्यक्ष जिल्ला बाहिर धनकुटा गएका छन् । जसले गर्दा उनको माग पुरा गर्न सकिएको छैन । डिएसपी दाहालले भने ‘हामीले धनकुटासँग समन्वय गरेर गाउँपालिका अध्यक्ष लगायतका जनप्रतिनिधिहरुलाई फर्काउने पहल गरेका छौं, उहाँहरुले छिट्टै आउँछौं भन्नुभएको छ । त्यसपछि अवस्था सहज होला ।’ हाम्रोमत बाट

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

दुहबी ९ को प्रशासनिक भवन उद्घाटन , युवालाइ रोजगारी सिर्जना गर्ने पहिलो प्राथमिकता मेयर : गच्छ्दार

दुहबी ९ को प्रशासनिक भवन उद्घाटन , युवालाइ रोजगारी सिर्जना गर्ने पहिलो प्राथमिकता मेयर : गच्छ्दार

04/08/2026
दुहबीको सार्वजनिक जग्गामा ब्यक्तिको रजाई निजि स्कुल देखि नेताको घर सम्म छानबिन गर्न उजुरी ।

दुहबीको सार्वजनिक जग्गामा ब्यक्तिको रजाई निजि स्कुल देखि नेताको घर सम्म छानबिन गर्न उजुरी ।

04/08/2026
सम्पत्ति शुद्धीकरणका सात सय उजुरीमा धमाधम अनुसन्धान

सम्पत्ति शुद्धीकरणका सात सय उजुरीमा धमाधम अनुसन्धान

04/01/2026
दुहबी ३ मा दुर्गन्धित पानी बग्दा स्वास्थ्य जोखिम बढदै स्थानीय आक्रोशित

दुहबी ३ मा दुर्गन्धित पानी बग्दा स्वास्थ्य जोखिम बढदै स्थानीय आक्रोशित

03/31/2026
मेयर गच्छादारको पहलमा भारत सरकार द्वारा फोहोर प्रशोधन केन्द्रमा १८ करोडको लगानी ।

मेयर गच्छादारको पहलमा भारत सरकार द्वारा फोहोर प्रशोधन केन्द्रमा १८ करोडको लगानी ।

03/30/2026
जनताको मनमा बसिन् चौधरी, जिततर्फ बलियो यात्रा

जनताको मनमा बसिन् चौधरी, जिततर्फ बलियो यात्रा

02/25/2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist