• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

दुहबी बाट अपहरण भएको बालक भारतबाट सकुशल उद्दार

काेचिला खबर by काेचिला खबर
05/05/2023
in स्थानीय
122
SHARES
556
VIEWS
Share on FacebookShare on Twitter

दुहबी / सुनसरीको दुहबीबाट अपहरणमा परेका बालकलाई प्रहरीले दुई दिनपछि भारतबाट सकुशल उद्दार गरेको छ । गाईं फर्म सञ्चालन गर्ने कृषक बिन्देश्वर यादवको छोरालाई अपहरणको दुई दिनपछि भारतबाट उद्दार गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी राजकुमार राईका अनुसार आइतबार बेलुका करिब ६ बजे सुनसरी भोक्राहानरसिंह गाउँपालिका-७ घर भई दुहबी नगरपालिका-१२ बुगडरी बस्दै आएका यादवको ११ वर्षीय छोराको अपहरण भएको थियो ।

बेलुका फर्मबाट यादव निस्किएको बेला बिआर०९आर०७९६ नम्बरको स्करपिओ उनको फर्ममा पुग्यो । सोही स्करपिआमा पुगेको पाँच जनाको समूहले बालकलाई लिएर गयो ।

विन्देश्वरको फर्ममा आउजाउ गरिरहने एक व्यक्तीले बालकलाई नास्ता खुवाउने भन्दै गाडीमा हालेर लगेको डिएसपी राईले बताए । बिन्देश्वर फर्ममा आइपुग्दा छोरा थिएनन् । बाहिर कतै गएको होला भन्दै चिन्ता गरेनन् । अबेरसम्म नआएपछि आफन्त र साथीभाईकोमा खोजी गरे । कतै छोरो पुगेको जवाफ पाएनन् ।

भोलिपल्ट विहानैदेखि उनी छोराको खोजीमा थिए । सोमबार विहान साढे ९ बजे ह्वाटसएपमा फोन आयो,‘तिम्रो छोरा हामीसँग छ, २५ लाख(भारु) रुपैयाँ लिएर आऊ।’ फिरौती नदिए र बाहिर हल्ला गरे बालकलाई मारिदिने धम्की दिए ।

छोरो अपहरणमा परेको थाहा पाएपछि बिन्देश्वरले प्रहरीलाई खबर गरे । प्रारम्भिक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय दुहबी र जिल्ला प्रहरी कार्यालय सुनसरीको टोली खटियो । टोलीले अपहरणमा परेको निष्कर्ष निकालेपछि प्रदेश प्रहरीको र्‍यापिड इन्भेष्टिगेटिभ टिम ‘रिट’ को टोली पनि खटियो ।

प्राविधिक अनुसन्धान गर्दा अपरहणकारीको लोकेशन भारतको सीमावर्ती जिल्ला समस्तिपुरको एकडेरा एरीयामा देखियो । बालकको बुबालाई फोन गरेर अपहरणकारीले फिरौती रकम ल्याउनु भनेको क्षेत्र पनि त्यहीँ थियो ।

सुनसरीबाट सोमबार नै प्रहरी टोली सो क्षेत्रमा पुग्यो । भारतीय प्रहरीको सहयोगमा मंगलबार विहान साढे ६ बजे अपहरणकारीको घरबाटै बालकलाई प्रहरीले उद्दार गर्यो ।

प्रहरी आएको देखेपछि अपहरणकारी बालकलाई छाडेर भागेका थिए ।

बालकलाई अपरहरणकारीकै घरबाट उद्दार गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक प्रभु ढकालले बताए विहान साढे ६ बजे उद्दार गरी बालकलाई सोही दिन दिउँसो इनरुवा ल्याएर परिवारको जिम्मा लगाइएको थियो ।

हाम्रो पहिलो लक्ष्य बालकको सकुशल उद्दार गर्नु थियो, त्यसमा सफल भयौं,’ ढकालले भने,‘ बालकको उद्दारका लागि भारतीय प्रहरीको जिल्ला तहमा समन्वय गर्‍यौ।’

अपहरणकारीको पनि पहिचान भइसकेको उनले बताए । अपहरणकारीको पहिचान भइसकेको छ, हामी खोजी गरिरहेका छौं,’ उनले भने,‘ पक्राउ परेपछि थप विषय खुल्छ ।’

उनका अनुसार अपहरणकारी मध्ये एक जनाको पुरानो चिनजान बिन्देश्वरसँग थियो । उनी पटक पटक उनको गाई फर्ममा पनि पुगेका थिए । योजनावद्ध रुपमा आइतबार बालकको अपहरण गरेको देखिएको प्रहरी बताउँछ ।

बालकको बुबासँग एक जना अपहरणकारीको चिनजान भएको देखिन्छ,’प्रहरी उपरीक्षक ढकालले भने,‘उनीहरुबीचको सम्बन्ध अपहरणकारी पक्राउ परेपछि खुल्छ ।’

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

दुहबी सोलार आयोजनाको सार्वजनिक सूचना

दुहबी सोलार आयोजनाको सार्वजनिक सूचना

11/27/2025
दुहबीमा लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान शुरु ; नगर प्रमुख गच्छ्दार द्वारा उद्घाटन

दुहबीमा लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान शुरु ; नगर प्रमुख गच्छ्दार द्वारा उद्घाटन

11/25/2025
संसद पुनस्र्थापनाको माग राख्दै दुहबीमा एमालेको मोटरसाइकल र्‍याली

संसद पुनस्र्थापनाको माग राख्दै दुहबीमा एमालेको मोटरसाइकल र्‍याली

11/11/2025
दुहबीका दुई छाला उद्योगमा स्थानीयले गरे अनिश्चिति काल तालाबन्दी ।

दुहबीका दुई छाला उद्योगमा स्थानीयले गरे अनिश्चिति काल तालाबन्दी ।

11/11/2025
मेयर गच्छ्दार र भारतिय राजादुतावास बिच १८ करोडको त्रीपक्षिय लगानी सझौतामा हस्तान्तरण

मेयर गच्छ्दार र भारतिय राजादुतावास बिच १८ करोडको त्रीपक्षिय लगानी सझौतामा हस्तान्तरण

11/10/2025
बर्जुबाट २५७ किलो गाँजा सहित स्कार्पियो प्रहरीको नियन्त्रणमा

बर्जुबाट २५७ किलो गाँजा सहित स्कार्पियो प्रहरीको नियन्त्रणमा

11/08/2025

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist