दुहबी / सुनसरी गढि गाउँपालिका २ स्थित
औराबनिमा २०६५ सालमा अन्दाजि २० करोडको लागतमा निर्माणकार्य सम्पन्न भएको ।
खानेपानी हाल सम्म पनि खानेपानी संचालनमा नआउदा स्थानीयहरु आक्रोशित भएको देखिन्छ ।
करिब ३० हजार लिटर पानी अटने क्षमता भएको सो ट्यांकी साबिकको औराबनिमा गाबिसका ९ वटै वडाका नागरिकहरु लाई स्व्च्छ खानेपानी उपलब्ध गराउने उदेस्यले निर्माण गरिएको थियो ।
निर्माण सम्पन्न भएको १३ वर्ष पछि पनि विभिन्न बाहा देखाउदै अहिले सम्म संचालनमा आउन सकेको देखिदैन ।
खानेपानीका लागि पाईप बिच्छ्याउने काम केही वडाहरुमा मात्रै गरेर करोडौको योजना बालुवामा पानि हालेको देखिन्छ ।
विभिन्न बाहाना बाजिमा आफुहरुको स्व्च्छ खानेपानी पिउने अधिकार सरोकार बालाको कारण हनन भएको भन्दै गढि गाउँबासीहरु आक्रोशित छन ।
सो खानेपानीमा प्रयोग हुने लाखौंको टेक्निसियन सर सामान पाईप , तार लगायत जथाभाबि फाल्दा खिया लाग्नुको साथै सामानमा कामै नलाग्ने हिसाबले सो ठाउँमा झार समेत पलाएको देखिन्छ ।
यता सम्बन्धित गढि वडा २ का अध्यक्ष प्रभाकर माझी सहित कुनै जनप्रतिनिधिले हाल सम्म खानेपानी बिषयमा कुनै खालको पहल नगरेको स्थानीयहरुले
आरोप लगाएका छन ।
सो बिषयमा गढि गाउँपालिका अध्यक्ष आश नारायण चौधरी संग बुझ्दा सो खानेपानी
उपभोक्ता समितिको अध्यक्ष तत्कालिन गढी गाउँपालिका अध्यक्ष श्रीप्रसाद यादव रहेको हुँदा खानेपानीको विषयमा पटक पटक लिखित पत्रचार गर्दा समेत समितिको कुनै पदाअधिकारी सम्पर्कमा नआएकोले
हाल सम्म समस्या ज्यूँको त्यूँ रहेको बताउदै पन्छीन खोजेका थिए ।