दुहबी / ईटहरी १३ खनारको एक ग्यारेज अगाडि पार्किङ गरी राखेको अवस्थामा टिपर चोरी भएको छ ।
ओमनि फाइनान्स बाट किस्तामा खरिद गरेको दुहबी ९ छाताबेलिका मोहमद अकबर मियांको नाममा दर्ता रहेको हाईवा टिपर ईटहरी १३ खनारको कुलाईन ब्याट्री उद्योगको अगाडि कोशि राजमार्गको पुर्व पटि रहेको ग्यारेज अगाडि बाट चोरी भएको सवारी धनि अकबर मियांले बताएका छन ।
गत २०७९/१०/ १२ गते शुक्रबार बिहानको ५ बजेको समयमा सडक किनारामा पार्किङ गरिररहेको पहिलो रङ्गको ना ५ ख ७४ ४७ नम्बरको टिपर चोरी भएको खोजी कार्यका लागि सबै संग सवारी धनीले आग्रह गरेका छन ।
चोरी भएको टिपर लाई एक जेसिवीले टिपरमा टोचन गरी चोरी गरेर लादै गरेको अवस्थामा सिसि टिभिको फोटेजमा देखा परेका छन ।
चोरी भएको टिपरको बारे प्रहरीमा जाहेरी परिसकेकोले प्रहरीले खोजतलास अगाडि बढाएको प्रहरी स्रोतले जनाएको छ ।
यता सुनसरीमा सवारी साधन चोरीको घटना बढ्दै जाँदा प्रहरी लाई समेत चुनौतीको बढेको छ । तर चोरी भएको सवारी र चोरी गर्ने ब्यक्तिलाई प्रहरीले लगभग शतप्रतिशत पक्राउ गर्न सफल हुँदै आएको छ । तर पनि सवारी चोरिको घटनामा भने कमि आएको देखीदैन ।





