दुहबी / सुनसरीको बर्जु गाउँपालिकामा आयोजित चौथो बर्जु महोत्सवमा भारतीय कालाकार ल्याउने नाममा टिकट बाट चर्को रकम असुली गर्दै गरेको स्थानीयहरुले आरोप लगाएका छन ।
बर्जु महोत्सव मेला समितिले टिकट दर रु ५ सय राखेको भन्दै
चौतर्फि आलोचना र बिरोध भईरहेको छ ।
सो प्रदर्शन हेर्नका लागि अयोजकले बितरण गरेको टिकटलाई लिएर तिब्र बिरोध तथा आरोप प्रत्यारोप सुरु भएको छ ।
मंगलबार चर्चित भोजपुरी सुपरस्टार खेसारीलाल यादवलाई हेर्न लाखौंको संख्यामा आउने अनुमान गरिएको भएपनि आयोजक टिम गैर जिम्मेवार आफ्नो मनोमानि तरिकाले
आम नागरिक संग टिकटको नाममा चर्को रकम असुलि गर्न खोजे पछि युवाहरूले मेला समितिको आलोचना गर्न थालेका छन ।
बिगतमा घटेको घटना फेरी नदोहरिनका लागि स्थानीयवासीले तुरून्त टिकटको मूल्य घटाउन माग समेत गरेको छ ।
उता बर्जु महोत्सवका आयोजक टिमले अहिले सम्म कति टिकटको मुल्य निर्धाण नगरि आफनो खुसी टिकट काटने गरेको स्थानीयवासीको अरोप छ ।
महत्वसका नाममा लाखौ रुपैया सहयोग लिएको आयोजकले टिकटको बास्तिक सस्तो मुल्य निर्धाण नगर्दा मेला समिति कमाउ धन्दामा लागेको स्थानीयहरुले आरोप लगाएका छन ।
आर्थिक हिनामिना समेत हुन सक्ने आशंका स्थानीयवासीको रहेको छ ।
यता सोही विषयमा मेला समितिका अध्यक्ष श्रवण चौधरी संग बुझदा मेला व्यवस्थापन गर्न खर्चको लागत धेरै लाग्ने भएकोले टिकटका लागि रु ५ सय लिने जनाएको छ ।
उता महोत्सवको नाममा लुकि छिपी जुवा लगायतका खेल समेत खेलाएको प्रत्यक्ष दर्शीले बताएका छन् ।
सोही ठाउँमा गत बर्ष टिकटको दर चर्को मुल्यमा असुलि गर्दा भारतीय भोजपुरी कालाकार खेसारी लाल लाई कार्यक्रम स्थलमा आउन प्रशासनले अनुमती नलिएको भन्दै रोक लगाए पछि आक्रोशित भिड बाट करोडौको क्षती भएको थियो ।