दुहबी / सुनसरीको दुहबी नगरपालिकाले नगर स्तरीय मेलमिलापकर्ताहरुको क्षमता अभिवृद्धि सम्बन्धी ५ दिने तालिम बिहिवार सम्पन्न भएको छ ।
मेलमिलापकामाध्यमबाट न्यायिक प्रक्रियालाई सहज र प्रभावकारी बनाउन दुहबी नगरपालिकाले मेलमिलापकर्ताहरु लाई तालिम सञ्चालन गरेको थियोे ।
दुहबी नगरपालिका न्यायीक समितिको आयोजनामा सञ्चालित तालिममा नगरपाालिकाका १२ वटा वडाका ३० जना सहभागी रहेका थिए ।
विवादको साटो, मेलमिलापको बाटो भन्ने नाराका साथ शुरु तालिममा विवाद, मेलमिलापको पद्धती, मेलमिलाप सम्वन्धी प्रचलित कानुनी व्यवस्था, मेलमिलापको शिप, मेलमिलाप प्रक्रिया, विवाद छनौट, मेलमिलापकर्ताका गूणहरु र मेलमिलापका आचारसहिंता, सहमतीय निकास लगायतका विवीध पाटोमा सहजीकरण गरिएको थियो ।
समान्न समारोहलाई सम्वोधन गर्दै दुहबी नगर प्रमुख वेदनारायण गच्छ्दारले काम गर्दा थुप्रै समस्याहरु आउछन, तर समस्या हरुको पहिचान गरि सहज तरीकाले किनारा लगाउन सक्नु नै जवाफदेहिता रहेको बताएका थिए।
स्थानिय सरकार संचालन ऐन २०७४ ले निर्दिस्ट गरे बमोजिम कार्यपालिका, ब्यावस्थापिका र न्यायपालिका हरुले संघिय सरकार जस्तै शक्ति र श्रोत सम्पन्न नभएपनि स्थानिय स्थरमा देखिएका जनताका समस्याहरुलाइ संबोधन र सकेसम्म निराकरण गर्न लाग्नु पर्ने गच्छ्दारले जोड दिएका थिए ।
स्थानिय तहमा न्यायपालिका आएदेखि ग्रामिण बिपन्न तथा न्यायमा पहुँच नपुगेका सर्वसाधारण हरुले सहजै न्यायिक सेवा ग्रहण गरिरहेको प्रति खुसि ब्यक्त गर्दै गच्छादारले थप कानुन र न्यायको बारेमा मुद्दाका प्रकृति अनुसारको उचित न्याय प्रदान गर्न सकुन भन्ने हेतुले यो तालिम आयोजना गरेको हुदा सबै सहभागिले ५ दिन सम्म लिएको तालिमको दक्षतालाइ नागरिकहरुको सेवामा समर्पित गर्नेमा आफु आशाबादि रहेको बताए ।
मेलमिलाप समितिमा धेरै खालका मुद्दा आइरहने हुनाले मेलमिलामकर्तामार्फत विवाद निरुपण हुने बातावरण सिर्जना भए विकास निर्माणले थप गती लिने नगर प्रमुख गच्छ्दारको बिश्वास रहेको बताए ।
दुहबी नगर उप प्रमुख मेनुका खतिवडाले न्यायमा पहुँच नपुग्दा धेरै महिला तथा नगरबासिले अन्याय सहेर बस्नु पर्ने समस्या बाट मुक्ति पाएको र अझै राम्रो संग न्याय दिलाउन आफु लागिरहेको बताइन ।
तालिम का प्रमुख अतिथि नगर प्रमुख बेद नारायण गच्छादारले सहभागिहरुलाइ प्रमाणपत्र बितरण गरेका थिए भने उप प्रमुख तथा न्यायीक समितिका संयोजक मेनुका खतिवडाले सहभागिहरुलाइ सपत ग्रहण गराएकि थिन ।
सो समापन तालिम समारोहमा दुहबी नगरपालिकाका
प्रशासन डिक बहादुर कटुवाल , न्यायिक शाखाका कर्मचारी शारदा सिवाकोटी
जनप्रतिनिधि लगायतको उपस्थिति रहेका थिए ।
समापन तालिम समारोहको सञ्चालन दुहबी नगरपालिका न्यायीक शाखा प्रमुख पार्वता तिम्सिनाले गरेकि थिन।
तालिममा मुख्य प्रशिक्षक मेघ राज नेउपाने , तथा अधिवक्ता बिरेन्द्र बस्नेत लगायतले सहजीकरण गरेका थिए ।