• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

मोङको विराट टिचिङ अस्पतालमा करोडौं घोटला, काउन्टर इन्चार्जसहित दश जना पक्राउ

काेचिला खबर by काेचिला खबर
11/06/2022
in स्थानीय
127
SHARES
577
VIEWS
Share on FacebookShare on Twitter

विराटनगर / मोरङको बुढीगंगा गाउँपालिका २ मा रहेको विराट मेडिकल कलेज टिचिङ हस्पिटलमा कर्मचारीको मिलेमतोमा करोडौं रुपैयाँ अपचलन भएको प्रहरीमा उजुरी परेको छ ।

हस्पिटलको डिस्चार्ज बिलिङ काउन्टर इन्चार्ज मोरङको सुनवर्षी नगरपालिका २ का २६ वर्षीय दुर्गा बहादुर विष्ट र सुनसरी इटहरी ४ का २४ वर्षीय आश्विन भट्टराईको मिलेमतोमा विराट टिचिङ हस्पिटलमा करोडौं रुपैयाँ अपचलन भएको प्रहरीमा उजुरी परेको हो ।

हस्पिटलको पाँच करोड रुपैयाँ अपचलन भएको भन्दै घटनामा संलग्नलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याउन ३ कार्तिकमा विराट टिचिङ हस्पिटलले मोरङ प्रहरीमा उजुरी दिएपछि घटना बाहिर आएको हो ।

उजुरी दिएपछि मोरङ प्रहरीले हस्पिटलका काउन्टर इन्चार्ज विष्टसहित दश जनालाई पक्राउ गरेको छ । प्रहरीले हस्पिटलका अन्य कर्मचारीहरू बुढीगंगा गाउँपालिका २८ वर्षीय सुनिल पासमान, २८ वर्षीय दीपेन्द्र तबदार, २१ वर्षीय करन विश्वकर्मा, २३ वर्षीय नरनारयण चौधरी, २६ वर्षीय सुशील पासवान, २७ वर्षीय प्रभु नारयण चौधरी र २३ वर्षीय वसन्त कुमार रामलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए ।

पक्राउ परेका हस्पिटलका कर्मचारीहरूलाई प्रहरीले ठगी मुद्दामा मोरङ अदालतमा म्याद थप गरी अनुसन्धान सुरु गरेको उनले बताए ।

हस्पिटलले पाँच करोड रुपैयाँ अपचलन भएको निवेदन दिए पनि मोरङ प्रहरीको प्रारम्भिक चरणको अनुसन्धानबाट ५७ लाख ९६ हजार १ सय ८० रुपैयाँ कर्मचारीहरूले अपचलन भएको कागजपत्रहरू फेला परेको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले बताए ।

अहिलेसम्म ५७ लाख बढी अपचलन भएको युजर आइडीहरू फेला परेका छन् । थप घोट्ला गरेको पनि हुन सक्छन् । अहिले अनुसन्धान भइरहेको छ,’ अनुसन्धानमा संलग्न एक अधिकारीले भने । घोटालामा संलग्न भएका मध्ये मुख्य नाइके विष्ट र भट्टराई रहेको बुझिएको छ ।

विष्ट चार वर्षदेखि र भट्टराई दुई वर्षदेखि हस्पिटलमा काम गर्दै आएका थिए ।
बिरामी डिस्चार्ज भएपछि भुक्तानी गर्नुपर्ने रकम डिस्चार्ज काउन्टरको इन्चार्ज भएकोले विष्ट र भट्टराईले बुझ्दै आएका थिए । उनीहरूले लिएको रकम लेखा शाखामा बुझाउँदै आएका थिए ।

‘पछिल्लो समय केही महिनादेखि विष्ट र भट्टराईले बिरामीले दिएको रकम लेखा शाखामा नबुझाई आफै राखी करिब पाँच करोड हिनामिना गरेको देखिएको छ । हस्पिटलको पैसा व्यक्तिगत लिई खर्च गरी अस्पताललाई ठगी गरेको हुँदा निज कसुर दाह्राहरूलाई पक्राउ गरी सो कार्यमा अन्य कर्मचारी र बाहिरको मानिसको पनि संलग्न भएको हुनसक्ने भएकोले अनुसन्धान गरी कारबाहीको दायरामा ल्याउन माग गर्दछौँ,’ हस्पिटलले मोरङ प्रहरीमा दिएको जोरहीमा उल्लेख छ ।

विष्ट र भट्टराईले दश जना हस्पिटलको कर्मचारीको युजर आइडी बनाएर हस्पिटलको रकम अपचलन गरेको देखिएको छ । भट्टराईले ‘आश्विन’ र विष्टले ‘दुर्गा’ नामको युजर आइटी बनाएर घोट्ला गरेको प्रहरीले जनाएको छ । शुक्रवार पक्राउ परेका अन्य ८ जना कर्मचारीको नामबाट बनाएको युजर आइटीबाट हस्पिटलको रकम अपचलन भएको देखिएपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । हाम्रोमत बाट साभार

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

दुहबी ९ को प्रशासनिक भवन उद्घाटन , युवालाइ रोजगारी सिर्जना गर्ने पहिलो प्राथमिकता मेयर : गच्छ्दार

दुहबी ९ को प्रशासनिक भवन उद्घाटन , युवालाइ रोजगारी सिर्जना गर्ने पहिलो प्राथमिकता मेयर : गच्छ्दार

04/08/2026
दुहबीको सार्वजनिक जग्गामा ब्यक्तिको रजाई निजि स्कुल देखि नेताको घर सम्म छानबिन गर्न उजुरी ।

दुहबीको सार्वजनिक जग्गामा ब्यक्तिको रजाई निजि स्कुल देखि नेताको घर सम्म छानबिन गर्न उजुरी ।

04/08/2026
सम्पत्ति शुद्धीकरणका सात सय उजुरीमा धमाधम अनुसन्धान

सम्पत्ति शुद्धीकरणका सात सय उजुरीमा धमाधम अनुसन्धान

04/01/2026
दुहबी ३ मा दुर्गन्धित पानी बग्दा स्वास्थ्य जोखिम बढदै स्थानीय आक्रोशित

दुहबी ३ मा दुर्गन्धित पानी बग्दा स्वास्थ्य जोखिम बढदै स्थानीय आक्रोशित

03/31/2026
मेयर गच्छादारको पहलमा भारत सरकार द्वारा फोहोर प्रशोधन केन्द्रमा १८ करोडको लगानी ।

मेयर गच्छादारको पहलमा भारत सरकार द्वारा फोहोर प्रशोधन केन्द्रमा १८ करोडको लगानी ।

03/30/2026
जनताको मनमा बसिन् चौधरी, जिततर्फ बलियो यात्रा

जनताको मनमा बसिन् चौधरी, जिततर्फ बलियो यात्रा

02/25/2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist