सुनसरीको बर्जु गाउँपालिकामा खेलिरहेका एक बालकको विषालु सर्पको टोकाईबाट ज्यान गएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी बिनोद शर्माका अनुसार बर्जु गाउँपालिका वडा नं ६ बस्ने आश नारायण चौधरीका ८ बर्षिय छोरा विश्वनाथ चौधरीको सर्पले डसेर मृत्यु भएको बताए।
खेलिरहेका बालकलाइ सर्पले दाहिने हातमा टोकेपछी उपचारको लागि नोबेल अस्पताल बिराटनगर लैजादा बाटैमा मृत्यु भएको डिएसपी शर्माले जानकारी दिए । वर्षायाम शुरु भएसगै सर्पदंशका बिरामी बढ्न थालेका छन । हरेक बर्ष बर्षायाम सँगै बढ्दो गर्मीमा बिषालु सर्पको खतरा बढ्ने गरेको छ ।