दुहबी / सुनसरीको दुहबीमा थारु विधार्थी समाज सुनसरी मोरङ्गले २७ औँ वार्षिक उत्सवको अवसरमा रक्तदान तथा कार्यक्रम सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
थारु बिधार्थी समाज सुनसरी , मोरङ्गको सयुक्त आयोजनामा शनिबार दुहवी ५ स्थित रहेको श्री सरस्वती मा.बि.को सभाहलमा दुहबी नगर प्रमुखको प्रमुख अथित्यमा वार्षिक उत्सव कार्यक्रम सम्पन्न गरीएको छ ।
कार्यक्रमको शुभकामना मन्तव्यमा दुहवी नगरप्रमुख वेदनारायाण गच्छदारले, बिधार्थी जिवन काचो माटो भएकाले जस्मा सुधार गर्न हरेक व्यक्तिको खाँचो रहेको बताउँनुभयो । यस अघि नगरपालिकाको सहयोगमा ३० जना विध्यार्थीहरुलाई व्यवसाय सम्बन्धि तालिमा प्रदान गरी तिन भागमा बिभाजन गरेर नगरपालिकाबाट एक लाख बराबरको बिउँ पुजी प्रदान गर्ने समेत बताउनुभयो । साथै राम्रो गर्ने समुहलाई बिना धितो नगरपालीकाको जवानीमा पन्द्र लाख सम्म ऋण समेत उपलब्ध गराउने मेयर गच्छादर बताउनु भयो
कार्यक्रमा महेद्र कलेज र सरस्वती कलेजमा योगेश चोधरी , ऐस्वरीया कुमारी चोधरी र अन्जान चौधरीलाई छात्रबृतिका लागी समेत सिफासर गरे सगै २०७८ सालको एस इइ परिक्षमा उत्कृट नतिजा ल्याउने मोरङ्ग —सुनसरीका संस्थागत र समाुदायिक बिधाथीहरुलाई प्रशंसा प्रत्र मेयर गच्छदारबाट वितण गरीयो ।
थारु विध्यार्थी समाजले सामुदायिक बिध्यालबाट उत्कृष्ट नतिजा तथा जेहेदार बिध्यार्थीबाट काजल साह र प्रबिन मण्डललाइ जनही ५ हजारका दरले पुरस्कृत समेत गरको थियो ।
कार्यक्रमलाई सम्मापन गदै थारु बिधाथी समाजका अध्यक्ष राजेश कुमार माझीले आगामी दिनमा पनी बिध्यार्थीहरुको हक हितका लागी सँघर्ष गरीने बताए ।
थारु विध्यार्थी समाज सुनसरी र मोरङ्गको आयोजनामा भएको रक्तदान कार्यक्रममा ३८ पाउण्डा ब्लड सँकलन गरेको सुनसरी अध्यक्ष माझीले बताए ।
“क्तदान नै जीवन दान हो” भन्ने मुला नाराका साथ थारु बिधाथी समाजर र रेडक्रस सोसाइटी बिराटनगरको प्राबिधिक सहयोगमा महिला तथा पुरुष गरी ३८ पाउण्ड ब्लड संकलन गरीएको हो ।
कार्यक्रममा दुहवी नगरपालीकाकी उपप्रमुख मेनुका पोखरेल खतिवडा , बुढी गंगा गाउँपालिकाका उपाध्यक्ष अमृता गच्छदार , दुहवी ईलाका प्रमुख जय देव चौधरी लगायत बिभिन्न संध संस्थका व्यत्तिहरु उल्लेखनिय उपस्थिति रहेको थियो ।