दुहबी / सुनसरीको दुहबीमा तिजको उपलक्ष्मा सांस्कृतीक तथा दर खाने कार्यक्रम आइतबार सम्पन्न भएको छ ।
आवाज नेपालको आयोजना र दुहबी नगरपालिकाको संयोजनमा एक दिने कार्यक्रम सम्पन्न भएको हो।
दुहबी ३ स्थित रहेको दुहबी पाटी प्यालेसको सभाहलमा दुहबी नगरका १२ वटै वडाका महिला हरुको सहभागितामा उक्त कार्यक्रम सम्पन्न भएको आयोक संस्थाले जानकारी दिएका छन
सो कार्यक्रमका प्रमुख अतिथि तथा दुहबी नगर प्रमुख बेद नारायण गच्छादार रहेका थिए भने,बिसिस्ट अतिथिमा दुहबी नगर उपप्रमुख मेनुका खतिवडा तेसै गरी अथितीहरुमा दुहबी वडा नम्बर २ का अध्यक्ष अरबिन्द बिस्वास, ४ का वडा अध्यक्ष मुस्तकिम मिया, ५ का वडा अध्यक्ष रमेश रौनियार, ६ का वडा अध्यक्ष घनश्याम हलुवाइ लगायत बिभिन्न संघ सस्थाका पदाधिकारिहरुको समेत उपस्थित रहेको थियो।
कार्यक्रममा बोल्दै नगर प्रमुख गच्छादारले धार्मिक ग्रन्थ अनुसार परापुर्वकालमा हिमालय पर्वतकि पुत्री पार्वतिले आफ्ना बाबा महतारिले बिस्णु भगवान सग बिहे गर्दिन खोज्दा आफुले मन पराएका देवादिदेव श्रीमहादेव पति पाउन घर बाट भागेर एकान्त जङ्गलमा माहादेव पति पाउँ भनि तपस्या बसेको साथै उक्त तपस्या बाट पार्वतिले श्रीमहादेव स्वामि पाएको पौराणिक किम्बदन्ति अनुसार हिन्दु नारिहरुले सोहि दिन लाइ हरितालिका तिज का रुपमा मनाइन थालिएको बताएका थिए।
उनले निलहार ब्रत बसेर बडो कठोर ब्रत गरि अबिवाहितले असल स्वामि पाउन र बिबाहित नारिले पतिको दिर्घायु र सुख सयल जिबन यापनको लागि भगवान संग बरदान माग्ने धार्मिक बिस्वास रहेको हुदा सोहि अनुसार आज सम्म पनि ब्रत बस्ने चलन रहेको बताउदै नगरबासि महिला दिदि बैनि हरुलाइ कम्तिमा पनि एक आपसमा माया, सद्भाव, मितब्ययिता र उन्नतिको ल लागि हरितालिका तीजले फल देओस भनि शुभकामना प्रमुख गच्छ्दारले दिएका थिए।
दुहबी उप प्रमुख मेनुका खतिवडाले लिँङ्ग को आधारमा समाजले गर्ने लैङ्गिक बिभेद लाइ धार्मिक, सास्कृतिक र सामाजिक चाडपर्वको माध्यमबाट हामि आफैले चिर्नु पर्ने कुन्ठित मानसिकता बोकेका समाज र ब्यक्ति हरुमा सचेतना फैलौनु पर्ने दायित्व बोध भएको हुदा यो कार्यक्रमको आयोजना गरिएको बताइन।
उपस्थित महिलाहरुले सामुहिक नाचगान गरेका थिए भने सामुहिक दर समेत खाएका थिए।