दुहबी/प्रदेश १ स्थित सुनसरीको दुहबी वडा नम्बर ८ मा रहेको अन्नपूर्ण जुत्ता चप्पल उद्योगमा कार्यरत महिला मजदुरको निधन प्रती हार्दिक श्रद्धाञ्जली दिन जाँदा सोही उधोगमा काम गर्ने तीन मजदुरले जागिर बाट हाथ धुनु परेको मजदुरहरुले गूनासो पोखेका छन ।
सो उद्योगले अवकास दिएको सोही उद्योगमा काम गर्ने जिफन्टका ईकाई अध्यक्ष चन्दन कुमार खाँले बताए । चन्दन खाँका अनुसार जेठ १३ गते सोही उद्योगमा कार्यरत महिला मजदुर समिना खातुनको असमायिक निधन प्रति श्रद्धाञ्जली ब्यक्त गर्नकोलागि उद्योग प्रशासन प्रमुख अनिल पोखरेलसँगकै सहकार्यमा सो दिन बिना तलबि उधोग छुट्टि गरेर आफु लगायत सम्पुर्ण मजदुरहरु मृतकको घरमा गएको
बताए ।
उनी भन्छन छुट्टी गरेको भोलिपल्ट उद्योगमा काम गरिरहेको बेला अचानक उद्योग व्यवस्थापकले आफु लगायत युनियनका सचिव उमेश कुमार माझी र सोहि उद्योगका मजदुर नेता तथा नेपाल कारखाना श्रमिक संघका ईकाई अध्यक्ष शुगिन्द्र बिश्वासलाई छुट्टीको बिषयमा स्पष्टीकरण सोध्दा स्पष्टीकरणको जवाफ चित्त बुझ्दो नभएको भनदै असार ५ गतेबाट उद्योग प्रतिष्ठानको सेवाबाट हटाईएको अवकास पत्र दिंदा आफुहरु अन्यायमा परेकोले न्याय को लागि सबै सरोकार बालासगँ सोमवार अपिल गरेका छन ।
सोहि उद्योगले निस्कासन गरेका अर्का मजदुर नेता शुगिन्द्र बिश्वासका अनुसार आफुहरु जहिले पनि मजदुरको हक अधिकारको मुद्दामा आवाज उठाउने गरेको हुनाले उद्योग व्यवस्थापकले योजनाबद्ध सडयन्त्र तरिकाले आफुहरुलाई जागिर बाट निकालेको दाबी गरेका छन । सो बिषयमा उद्योगका प्रमुख कार्यकारी अधिकृत बिक्की पौदारसँग मोबाइल सम्पर्कमा बुझ्न खोज्दा पटक(पटक सन्चारकर्मिलाइ आफु हजुर सँगको चिन्जान नभएको भन्दै चिन्जान गर्न र भेटेर मात्र आफ्नो भनाई राख्ने बताएका थिए ।
यता सो उद्योगका प्रशासन प्रमुख अनिल पोखरेल भन्छन चलिरहेको उद्योगमा ति मजदुर नेताहरुले बिना जानकारी जबर्जस्ती उद्योग बन्द गराई सम्पुर्ण कामदारलाई काम बाट बाहिर निकालि उत्पादन ठप्प पार्नुका साथै
उद्योगको ठूलो आर्थिक क्षति गरेको हुनाले सो उनिहरुलाई निकालिएको बताए ।
उता सो बिषयमा मजदुर नेता तथा अखिल नेपाल औद्यौगिक मजदुर संघ सुनसरीका अध्यक्ष प्रेम उराँव सँग बुझ्दा अन्नपूर्ण जुत्ता चप्पल उद्योगका व्यवस्थापकले आफुखुशी श्रमऐन बिपरित काम गरेको हुनाले मजदुर पुर्ण बाहालि नगरे श्रम अदालत सम्म जाने बताए । उनका अनुसार अझ पनि दुहबी लगायका क्षेत्रमा रहेका उद्योग हरुले मजदुरहरु माथि ब्यापक श्रम शोषण गरिरहेको र बिना कारण मजदुरलाई काम बाट निकालि रहँदा अब आफुहरु चुप लागेर नबस्ने र तेस्ता उद्योगहरुलाई पहिचान गरि श्रम कानुनको दायरामा ल्याउने बताए ।





