दुहबी / सुनसरीको विभिन्न सहरमा बिना ईजाजत पायल्स , भुकन्दर सुराग,लगायतका रोगको उपचार हुन्छ भन्ने ग्यारेन्टी का साथ आश्वासन दिदै ठगिने क्रम बढि रहेको छ।
सुनसरको ईटहरी-६ मा भारत पश्चिम बंगाल उत्तर चौविसे पगरवना घर भई हाल ईटहरी – ६ बस्ने वर्ष ३१ को रनो तालुकदारले विना ईजाजत पायल्स रोगको उपचार हुन्छ भन्ने आश्वासन दिई ईलाज सम्बन्धी कसुर गरि रहेको भन्ने सूचनाका आधारमा ईप्रका ईटहरीको टोलीले उनलाई उपचारमा प्रयोग हुने औजारहरु सहित पक्राउ गरेको छ।
यता सुनसरीको दुहबी , ईनरुवा , लगायत क्षेत्रमा नक्कली डाक्टरहरुले बिना ईजाजत पायल्स , भुकन्दर सुराग , लगायतका रोगको उपचार हुन्छ भन्ने ग्यारेन्टीकासाथ आश्वासन दिदै सर्व साधारण लाई ठगिने क्रम बढि रहदा सम्बन्धित निकाईको ध्यानाकर्षण नभएको स्थानीयहरुको गुनासो ब्याप्त छ।
यता दुहबी नगर भित्र संचालनमा रहेको विभिन्न मेडिकल , पोलिक्लिनिक , अस्पताल , स्वास्थ्य संस्थाहरुको बेथिति कायमै रहेको स्थानीयहरुको गुनासो छ ।
स्वास्थ्य जस्तो संबेदनसिल बिषयलाई बेलैमा सम्बन्धित निकायको ध्यानाकर्षण नपुगे आम नागरिक अझ ठगिमा परिरहने उनिहरुको भनाइ छ ।





