दुहबी / दुहबी नगरपालिका वडा नम्बर –९ छाताबेलिमा नेकपा एमाले र नेपाली कांग्रेसका कार्यक्रताबीच झडप भएको छ ।
आज बिहान करिब १० बजे छाताबेलि गाउँमा डिजे बजाएको निवमा एमाले र कांग्रेसका कार्यक्रताबीच झडप भएको हो ।
दुहबी ९ मा नेपाली काङ्ग्रेसको तर्फबाट वडा अध्यक्षका उम्मेदवार मेहदि हुसैनको घर वरिपरि डिजे बजाई जिस्काउने घोच्याउने गरेको भन्दै हुसैन पक्षका कार्यकर्ताहरुले समझाउन खोज्दा बिवाद भएको हुसैन पक्षको आरोप छ।
उता सोही वडाका नेकपा एमालेको तर्फबाट वडाअध्यक्षका उम्मेदवार ताबिज हुसैन (मुस्तकिम) भन्छन आफुहरुले घर दैलो कार्यक्रम गरिरहेका बेला अचानक हुसैन पक्षका कार्यकर्ताहरुले आक्रमण गरि डिजे बजिरहेको गाडी तोडफोड गरेको र आफ्नो कार्यकर्ताहरुलाई हातपात समेत गरेको आरोप लगाए।
सोही बिषयमा ईलाका प्रहरी कार्यालय दुहबीका प्रहरी निरीक्षक जयदेब माझी संग बुझ्दा सामानय झडप तथा वाद बिवाद भएको र डिजे गाडी माथी तोडफोड गर्नेको खोजतलास भईरहेको बताउदै घटनाको थप अनुसंधान जारी रहेको बताए।
घटना स्थलमा अहिले अप्रिय घटना हुन न दिन बाक्लो उपस्थितीमा सुरक्षाकर्मि परिचालन गरेको देखिन्छ ।
सोही वडामा राजनीतिक दल तथा उम्मेदवारहरुले केही दिन एता देखि आचारसंहिता बिपरित डिजे बजाई , नाचगान गरि सयौको संख्यामा मोटरसाइकल , सिटि सफारी , प्रयोग गरी तडक भडकको साथ प्रचार प्रसार गरिरहेको स्थानीय हरु बताउछन ।