दुहबी / सुनसरीको गढी गाउँपालिका वडा न.-२,भमरी टोल बस्ने बर्ष १९ को मो.अलिसेर मिया समेत तिन जनाको समुहले गत मङ्गलबार गढी गाउँपालिका बस्ने १४ बर्षिया एक बालिका लाई बलात्कार गर्न खोजेको आरोपमा मिया सहित दुई जना पक्राउ परेको ईलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ ।

साझको करिब ८:३०बजेको समयमा आफ्नो घरायसी प्रयोजनको लागि सामान किन्न नजिकैको पसलमा गएपछी ३ जनाको समुहले अँध्यारो ठाउँमा लुकि बालिकाको मुख थुनी ८ सय मिटर दक्षिण सि.जि.फ्याक्ट्री उद्योग अगाडी रहेको निर्माणाधीन पक्की घरमा लगि बालिकालाइ करणी गर्न खोजे पछि ।
बालिका चिच्याउदा कराउदा स्थानियहरुले थाह पाएपछि २ जनालाइ त्त्काल घटना स्थल बाटनै समाती प्रहरी चौकी औराबनीमा बुझाएको स्थानीयहरुले बताए।
जवर्जस्ति करणी गर्ने मध्ये १ जना भन्ने फरार रहेको र पक्राउ परेका दुई जना माथी जबर्जस्ति करणी उधोगमा मुद्दा चलाई थप अनुसंधान भईरहेको इलाका प्रहरी कार्यालय दुहबीले जनाएको हो।





