दुहबी / भुमी ब्यावस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयको गरिव परिवार पहिचान तथा परिचयपत्र बितरण निर्देशिका २०७५ अनुसार दुहबीको १२ वटै वडामा उक्त कार्यक्रम सन्चालन गर्नका लागि नगरपालिकाले लिएका विभिन्न परिक्षामा उतिर्ण गणक तथा सुपरिवेक्षक हरुलाइ आज दुहबी नगर प्रमुख बेद गच्छदार र प्रमुख प्रसासकिय अधिकृत राजकुमार केसि ले ट्याब बितरण गरेका छन। 
परिक्षा मा उतिर्ण गणक १० जना र सुपरिवेक्षक १ गरि जम्मा ११ थान ट्याब बितरण गरिएको थियो। ट्याब बितरण गर्दै नगर प्रमुख गच्छदार ले सबै गणक ले नियमित,अनुसाशित,र इमान्दारका साथ कार्य सम्पाद गर्न आग्रह गर्दै कार्यसफलताको सुभकामना दिएका थिए।
प्रमुख कार्यकारी अधिकृत राजकुमार केसि ले उतिर्ण सबैलाइ बधाइ दिदै उपकरण हरुको मिसयुज नगर्न आग्रह गरेका थिए।
आगामी असाढ मसान्त सम्म (५ महिना) का लागि करारमा कार्य गर्नका लागि लिइएका गणक हरुलाइ तत्काल तालिम दिइने र तालिम पश्चात् वडा अनुसार कार्यबिभाजन जिम्मा सहित फिल्डमा पठाइने प्रसाशन प्रमुख डिक बहादुर कट्वाल ले बताए।






