• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

एकै व्यक्तिको दुई नागरिकता : सुनसरीबाट वंशज , मोरङबाट जन्मसिद्ध

काेचिला खबर by काेचिला खबर
02/11/2022
in स्थानीय
102
SHARES
464
VIEWS
Share on FacebookShare on Twitter

विराटनगर / जन्मको आधारमा नागरिकता लिएको एक व्यक्तिले केही वर्षको अन्तरालमा वंशज नागरिकता लिएको पाइएको छ। विराटनगर-१ पोखरीया अस्थायी बसोवास गर्दै गरेका बेचन यादवले मोरङबाट जन्मको आधारमा नागरिकता लिएको १० वर्षपछि फेरि सुनसरीको देवानगंज गाउँपालिका-७ बाट वंशज नागरिकता लिएको पाइएको हो।

दुवै नागरिकतामा उनको बुवाको नाम खुशीलाल यादव नै उल्लेख रहेको छ। बेचनले २०६३ माघ ७ गते विराटनगर १ बाट ०३५०६६/ज ४१ नम्बरको नागरिकता लिएका थिए। तर सुनसरीको देवानगंज गाउँपालिका-७ को ठेगाना उल्लेख गरेर जिल्ला प्रशासन कार्यालय सुनसरीबाट २०७४ साउन ३ गतेको मितिमा ०६–०६–७४–००६४६ नम्बरको वंशज नागरिकता लिएका हुन्।

बेचन यादवले बंशज नागरिकता लिई सकेपछि जिल्ला प्रशासन कार्यालय मोरङमा भारतमा नै स्थाई बसोवास भएको र व्यवसाय भएका कारण भारतमा नै बस्नुपर्ने भन्दै निवेदन दिएर २०७५ भदौ ५ गते मोरङबाट लिएको जन्मसिद्ध नागरिकता परित्याग गरेका थिए। जिल्ला प्रशासन कार्यालय सुनसरीबाट २०७४ साउन ३ गतेको मितिमा ०६–०६–७४–००६४६ नम्बरको वंशज नागरिकता लिएको १ वर्ष एक महिना १५ दिनपछि मोरङबाट जन्मको आधारामा लिएको जन्मसिद्ध नागरिकता परित्याग गरेको देखिन्छ।

उनले जन्मको अधारमा लिएको नागरिकताको आधारमा विराटनगर-१ स्थित ४ धुर जग्गा समेत किनेर घर बनाएर बसोवास गर्दे आएका छन्। यादवले मोरङ र सुनसरी जिल्लाबाट दोहोरो नागरिकता लिएको भन्दै जिल्ला प्रहरी कार्यालयमा २०७५ साल असोज १९ गते उजुरीसमेत परेको थियो। सुनसरी प्रहरी यादवलाई फरकफरक मितिमा लिएको जन्मसिद्ध र वंशज नागरिकतासहित पक्राउ गरेर छोडेका छन्।

२०७६ साल जेठ ६ गते सुनसरी प्रहरीले नियन्त्रणमा राखेर अर्को दिन छोडेको बताइएको छ। त्यसैगरी बेचनले जन्मसिद्ध नागरिकता बनाएपछि विराटनगर महानगरपालिका-१ पोखरीयास्थित वडा कार्यालयबाट २०५६ माघ १३ गतेको मितिमा बुवा खुशीलाल यादवको मृत्यु दर्तासमेत बनाएका छन्। यो समाचार अन्पुर्न पोस्ट बाट

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

जनताको मनमा बसिन् चौधरी, जिततर्फ बलियो यात्रा

जनताको मनमा बसिन् चौधरी, जिततर्फ बलियो यात्रा

02/25/2026
विकास,रोजगारी र सुशासन केन्द्रमा राख्दै चौधरीको स्पष्ट रोडम्याप सार्वजनिक

विकास,रोजगारी र सुशासन केन्द्रमा राख्दै चौधरीको स्पष्ट रोडम्याप सार्वजनिक

02/23/2026
गफ होइन, काम गरेर देखाउँछु” — भगवती चौधरीको प्रतिबद्धता, समृद्ध सुनसरी–३ निर्माणको आह्वान ।

गफ होइन, काम गरेर देखाउँछु” — भगवती चौधरीको प्रतिबद्धता, समृद्ध सुनसरी–३ निर्माणको आह्वान ।

02/22/2026
सुनसरी ३ मा काङ्ग्रेस र रासपा उम्मेदवारद्वारा आचारसंहिता उल्लंघन सरोकारवाला मौन।

सुनसरी ३ मा काङ्ग्रेस र रासपा उम्मेदवारद्वारा आचारसंहिता उल्लंघन सरोकारवाला मौन।

02/21/2026
सुनसरी ३ मा १३ पटक मन्त्री बनेका गच्चदारलाई भगवती र अशोकको चुनौती गच्छ्दारको लोकप्रियता जनतामा घटदै

सुनसरी ३ मा १३ पटक मन्त्री बनेका गच्चदारलाई भगवती र अशोकको चुनौती गच्छ्दारको लोकप्रियता जनतामा घटदै

02/19/2026
दुहबीको महेन्द्र मेमोरियल स्कुलमा ३ दिने स्पोर्ट उत्सव सुरु

दुहबीको महेन्द्र मेमोरियल स्कुलमा ३ दिने स्पोर्ट उत्सव सुरु

02/04/2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist