• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

कोशी गाउँपालिका अध्यक्ष अन्सारी माथी दुर्ववहार गर्दै गाडीमा तोडफोड ५ जना पक्राउ

काेचिला खबर by काेचिला खबर
01/31/2022
in स्थानीय
150
SHARES
683
VIEWS
Share on FacebookShare on Twitter

इनरुवा / सुनसरीको कोशी गाउँपालीकाका अध्यक्ष ऐयुब अन्सारीलाई दुर्ववहार गर्दै गाडीमा तोडफोड गर्ने ५ जना पक्राउ परेको छ।

जनता समाजवादी नेपाल पार्टीसँग आवद रहेका ब्रहमदेव यादवले भ्रष्टाचार विरुद्ध अभियान केही दिन देखि लगातार कोशी गाउँपालीकामा जारी राखेको हो।

यादवले कोशी गाउँपालिकाका केही वडामा भ्रष्टाचार अनियमितता भएको भन्दै समाजिक संजाल आफ्नो फेसबुक मार्फत भ्रष्टाचार विरुद्ध आन्दोलन र धरणा कार्यक्रममा सहभागी हुन सबैलाई अनुरोध गरेको थियो ।

यादवले वडा देखि सुरु गरेको आन्दोलन गाउँपालिका सम्म पुगदा सिके राउत नेतृत्वको जनमत पार्टी नेपालको कार्यकर्ता भन्दै गाउँपालीकाको कार्यालय अगाडि आइतबार दिन भर टायर बालेर गाउँपालिकामा जनताका काम अवरुद्ध गरेका छन्

सिके राउत नेतृत्वको जनमत पार्टी नेपालको कार्यकर्ताहरुले गाउँपालिका घेरा गरेको भिडले कोशी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारीले प्रयोग गरेको सरकारी गाडीको पछाडि भागको सिसा समेत तोडफोड गरेका छन् ।

अध्यक्ष अन्सारीले विकास चाहने व्यक्तिहरुसँग सहकार्य गर्न आफु जुनसुकै बेला तयार रहेको बताए। तर विकास नचाहने हिंसात्मक गतिविधि गर्ने जस्ता काम गर्ने पार्टी वा समूहको गतिविधि स्वीकार्य नहुने बताउदै उनले विकास निर्माणकार्यमा अवरोध गर्ने समुहलाई जनताले प्रतिकार गर्ने उनले बताए ।

घटना पश्चात् आक्रोशित अध्यक्ष अन्सारीका सयौं समर्थनहरुले लौकहीमा उनको पक्षमा नाराबाजी गरेका थिए । समर्थनहरुलाई सम्बोधन गर्दै अध्यक्ष अन्सारीले आफू जनताका जायज माग सम्बोधन गर्न तयार रहेको बताउदै विकास नचाहने केही परिचालित तत्त्वबाट सावधान हुनुपर्नेमा जोड दिए ।

कोशी गाउँपालीका-१ स्थित लौकहीमा गाउँपालीकाको कार्यालय अगाडि टायर बालेर,विभिन्न नाराबाजी गर्दै बिहान ११ बजेको समयदेखि साढे चार बजेसम्म जनमत पार्टी नेपालका नेताकार्यकर्ताबाट भएको घटनाको भत्सर्ना गर्दै उनले भन्ने संविधानमा उल्लेख गरिएअनुसार सूचनाको हक प्रयोग गरि हरेक नेपाली नागरिकले स्थानीय तह वा अन्य स्थानमा भएगरेका गतिविधिहरुका बारेमा जानकारी लिन पाउनु पर्दछ ।

अध्यक्ष अन्सारीले अगाडि थप्दै भने यदि कहिँकतै अनियमितता वा भ्रष्टाचार भएको पाइएको अवस्थामा सम्बन्धित निकायमा प्रमाणसहित उजुरीका माध्यमबाट त्यस्ता व्यक्तिलाई कानुनी दायरा पुर्‍याउन भूमिका निर्वाह गर्नु आमनागरिकको समेत दायित्व हो ।

त्यसको विपरीत केही दिनयता कोशी गाउँपालीकाको विभिन्न वडा कार्यालयदेखि यस गाउँपालीकाको कार्यालय अगाडि आएर जनताको काम अवरुद्ध गर्ने, जनप्रतिनिधिहरुसँग दुर्ववहार गर्ने,गाडीमा तोडफोड गर्ने लगायत अन्य मानवीयसँगै भौतिक क्षति गर्न तत्पर जनमत पार्टी नेपाल लगायत पार्टीबाट परिचालित केही व्यक्तिका कारण कर्मचारीहरुसँगै जनप्रतिनिधिहरुले सहजरूपमा काम गर्ने वातावरण नभएको घटनापश्चात् कोशी गाउँपालीकाको कार्यालयले जारी गरेको प्रेस बिज्ञप्ति उल्लेख गरिएको छ ।

सधैं अनुशासित र पारदर्शी तवरबाट कोशी गाउँपालीकाको समग्र विकास निर्माणकार्यका साथै जनताका कामहरु गर्न कटिबद्ध भएर लाग्दै आएको अवस्थामा आइतबारको घटनाले हामीलाई असुरक्षाको आभास भएकाले सुरक्षित भएर भयरहित वातावरणमा जनताका काम गर्ने माहोल बनाईदिन जिल्ला प्रशासन कार्यालय,जिल्ला प्रहरी कार्यालय सुनसरी लगायतसँग गाउँपालीकाको कार्यालयले प्रेस बिज्ञप्ति मार्फत माग गरेको छ ।

त्यसैगरी कोशी गाउँपालीकाका अध्यक्ष ऐयुब अन्सारीसँग दुर्ववहार गर्ने, गाडीमा क्षति पुर्‍याउने,दिनभर जनताका काममा बाधा पुर्‍याउने व्यक्तिहरुलाई कानुन अनुसार कारबाही गर्न समेत गाउँपालीका कार्यालयले माग गरेको छ ।

यसैबीच आन्दोलनको नाममा हिंसात्मक गतिविधिमा संलग्न रहेको भन्दै जिल्ला प्रहरी कार्यालय सुनसरीले पाँचजनालाई नियन्त्रणमा लिएको छ ।

यता सुनसरी क्षेत्र नम्बर ४ का सभापति तथा कोशी गाउँपालीकाका अध्यक्ष ऐयुब अन्सारीमाथि भएको आक्रमण बारे ध्यानाकर्षण भएको सुनसरी काँग्रेसले जनाएको छ ।

सभापति अन्सारीमाथि व्यक्तिगत आक्रमण गर्ने दोषीलाई नियन्त्रणमा लिई कारबाही गर्न नेपाली काँग्रेस सुनसरीका सभापति केदार भण्डारीले माग गरेको छ ।

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

जनताको मनमा बसिन् चौधरी, जिततर्फ बलियो यात्रा

जनताको मनमा बसिन् चौधरी, जिततर्फ बलियो यात्रा

02/25/2026
विकास,रोजगारी र सुशासन केन्द्रमा राख्दै चौधरीको स्पष्ट रोडम्याप सार्वजनिक

विकास,रोजगारी र सुशासन केन्द्रमा राख्दै चौधरीको स्पष्ट रोडम्याप सार्वजनिक

02/23/2026
गफ होइन, काम गरेर देखाउँछु” — भगवती चौधरीको प्रतिबद्धता, समृद्ध सुनसरी–३ निर्माणको आह्वान ।

गफ होइन, काम गरेर देखाउँछु” — भगवती चौधरीको प्रतिबद्धता, समृद्ध सुनसरी–३ निर्माणको आह्वान ।

02/22/2026
सुनसरी ३ मा काङ्ग्रेस र रासपा उम्मेदवारद्वारा आचारसंहिता उल्लंघन सरोकारवाला मौन।

सुनसरी ३ मा काङ्ग्रेस र रासपा उम्मेदवारद्वारा आचारसंहिता उल्लंघन सरोकारवाला मौन।

02/21/2026
सुनसरी ३ मा १३ पटक मन्त्री बनेका गच्चदारलाई भगवती र अशोकको चुनौती गच्छ्दारको लोकप्रियता जनतामा घटदै

सुनसरी ३ मा १३ पटक मन्त्री बनेका गच्चदारलाई भगवती र अशोकको चुनौती गच्छ्दारको लोकप्रियता जनतामा घटदै

02/19/2026
दुहबीको महेन्द्र मेमोरियल स्कुलमा ३ दिने स्पोर्ट उत्सव सुरु

दुहबीको महेन्द्र मेमोरियल स्कुलमा ३ दिने स्पोर्ट उत्सव सुरु

02/04/2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist