दुहबी / सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जिल्लाका संचारकर्मीहरुसँगको सहकार्य गरी काम गर्ने बताएका छन । पत्रकार सँग चिनजानकालागि आयोजना गरिएको भेटघाट कार्यक्रममा प्रजिअ यादवले समन्वय र सहकार्यका साथ अघि बढ्ने प्रतिवद्धता जनाएका हुन ।
प्रजिअ यादवले सो क्रममा पत्रकारहरुबाट जिल्लाको वस्तुस्थिति लगायतका विषयमा राय, सुझाव लिएका थिए । प्रजिअ सँगको भेटघाटका क्रममा संचारकर्मीहरुले सीमा समस्या, तस्करी, लागुऔषध कारोबार लगायतका विषयमा जानकारी गराएका छन ।
सोही भेटघाट कार्यक्रममा दुहबीका संचार कर्मिहरुले दुहबीको कोशि राजमार्ग सडकको अवस्था जिर्न भएको र सडक सांघुरोको कारण दुर्घटनामा ३ जनाको ज्यान समेत गएको भन्दै केहि दिन यता दुहबीका स्थानीयहरु सडक निर्माणकार्य त्त्काल हुनु पर्ने माग राखदै पटकपटक चक्का जाम गरी आन्दोलन गरिरहेको बिषयमा प्रजिअ लाई ध्यानाकर्षण समेत गराएका थिए ।
प्रजिअ यादवले समस्याहरु पहिचान गरी समाधानका पाटा अवलम्बन गर्ने बताउदै आफ्नो कार्यकालमा संचारकर्मीहरुसँगको समन्वय र सहकार्यलाई आफुले प्राथमिकतामा राख्ने बताए