दुहबी / सुनसरीको दुहबी नगरपालिका ३ स्थित कोशि राजमार्ग पेट्रोल पम्पको अगाडि ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक सुनसरीको इटहरी घर भएको अन्दाजि बर्ष ३८ को अभिसेक भण्डारी रहेको अस्थायी ट्राफिक कार्यालय दुहबीले जनाएको छ।
ट्राफिकका अनुसार बुधबार दिउसो ४.२० बजे कोशि राजमार्ग सडक खण्डमा बिराटनगर बाट ईटहरी तर्फ जादै गरेको ना ८ ख ५६५६ नम्बरको ट्रकले सोही दिशाबाट जादै गरेको बा ८४ प ४२९ नम्बर भएको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक भण्डारीको उपचारका क्रममा बिराटनगरको न्युरो अस्पतालमा मृत्यु भएको जनाए ।