दुहबी / सुनसरीको गढी गाउँपालिका स्थित सन्चालित चौधरी ग्रुपको वाइवाइ चाउचाउ उद्योगमा कार्यरत मजदुरहरु बिहीवार आन्दोलित भएका छन। बिहिवार बिहानै देखि उद्योगको गेट अगाडि धर्ना दिदै मजदुरहरुले आफुहरुको मागपूरा गर्न माग गर्दै उद्योग व्यवस्थापन संग आग्रह गरेका छन।
सोही उद्योगमा २ बर्ष देखि कार्यरत मजदुर देबि कार्कीका अनुसार बिगत २ साल देखि कम्पनीले इन्सेन्टिभ बापत केही रकम दिदै आएको र सो रकम यस पटक पनि दिने भन्ने सहमति मजदुर र उद्योग प्रशासन बिच भएतापनी पटकपटक आलटाल गर्दै टारेको,अटेर गरेको हुदा बाध्य भएर आफुहरुआन्दोलन गर्नु परेको बताइन।
अर्कि कामदार सुमित्रा देबि चौधरीका अनुसार कम्पनीले दैनिक ज्यालादारी भनेर नियुक्ति गरेपनि प्रति ८ घन्टाको माशिक एक मुस्ट रु १२ ह्जार ५ सय देखि १५ हजार ५ सय सम्म फरक फरक रकम बैंक मा पठाउने गर्दा आफ्नो दैनिक ज्याला र ओभर टाइम बापतको ज्याला के कति हो भन्ने सम्म जानकारी नभएको बताइन। मजदुर लाई सेलरी सीप नदिइ मनोमानी पेमेन्ट गर्दा मजदुरहरु अन्याय मा परेको समेत आरोप लगाईन ।
उद्योगका आन्दोलित मजदुर हरुले आफ्ना समस्या पटकपटक उद्योग प्रशासन ,काङ्ग्रेस र एमाले निकट ट्रेड युनियनका ईकाई समिति हरुका पदाधिकारी हरुलाइ जानकारी गराउदा समेत कसैले सुनुवाइ नगरेको गुनासो गरेका छन।
सो बिषयमा सिजि उद्योगका बरिस्ठ प्रबन्धक रामजी कट्वाल सग बुझ्दा बिगतमा कम्पनी फाइदा मा रहेकोले खुसियाली स्वरुप मजदुर लाई केही रकम दिएको तर अहिले उद्योग घाटामा गएको हुदा उक्त दिदै आएको रकम दिन नसक्ने बताए।
उद्योगका प्रबन्धक कट्वालले आन्दोलनरत मजदुरहरु लाई काममा त्तकाल फर्कन सूचना समेत टांस गरेको र सूचनामा बिना जानकारी अवैधानिक तरिकाले आन्दोन गरेकोले आन्दोलन भरिको पारिश्रमिक मजदुरले नपाउने समेत सूचनामा उल्लेख रहेको बताए ।
यता गढी गाउपालिका प्रमुख श्रीप्रसाद यादब सग बुझ्दा आन्दोलनरत पक्ष लाई उजुरी ल्याउन भनेको उजुरी आएपछी छानबिन गरि मजदुर को न्यायको लागि पहल गर्ने बताए।
उता समाज बादि ट्रेड युनियन महासंघ प्रदेश १ का स ईन्चार्ज राजेस यादवका भनाइ अनुसार उद्योग व्यवस्थापनले मजदुरहरुको माग पूरा नभए सम्म आन्दोलन नरोकिने बताए ।
आन्दोलनरत मज्दुरहरु भन्छन यदि बिगतमा दिदै आएको इन्सेन्टिभ रकम नदिने सुचना पहिलानै टांस गरि सिधै नदिने भनेको भए आज आफुहरु किन आन्दोलन गर्थेत आस देखाएर नदिदा यो स्थिति आएको बताउदै भने जबसम्म अफ्ना माग पूरा हुदैन,न्याय मिल्दैन तबसम्म आन्दोलन नरोक्ने समेत बताएका छ्न।