दुहबी / सुनसरी को दुहबी नगरपालिका वडा नम्बर ९ स्थित निर्माण भएको पक्की पिच कृषि सडक लाईनै क्षेती पुग्ने गरि ८ फिट डोजर प्रयोग गरी गहिरो भङ्गालो बनाई माटो कटान गरि बिक्रीवितरण गरेको स्थानीय युवा नईम अन्सारीले बताए
वडा नम्बर ९ छाताबेली बेलाल पब्लिक स्कुल देखि शिबशक्ती भेनियर एन्ड प्लाइ उद्दोग सम्म करिब २ सय मिटर सम्म को एरियामा सडक लाई नै क्षेती पुग्ने गरि लाखौ रुपिया बराबर को माटो उत्खनन गरेको स्थानिय हरु ले बताए ।
दुहबी नगरपालिकाको करोडौं लगानी मा बनेको उक्त सडक ले स्थानिय कृषक तथा बासिन्दा हरु लाई फाइदा हुँदै आएतापनी केही ब्यक्ति हरुले उक्त बाटो लाई नै असर पर्ने गरि यस्तो कार्य गरेको भन्दै स्थानिय हरु आक्रोसित बनेका छन।
सडक को पुर्वपट्टी भागमा करिब ८ फिट सम्म गहिरो हुनेगरी खाडल खन्दा भारी सवारी साधन हिंड्दा भासिने साथै पानीको बहाव जम्न गइ कटान हुने हुदा बाटो लाइ पुर्ण रुपमा क्षेती पुग्न सक्ने हुदा स्थानिय लाई आवात जावात गर्न समेत अप्ठ्यारो हुने भन्दै स्थानिय हरुले गुनासो गरेका छन।
यश बिसयमा वाडा नम्बर ९ का सदस्य सतिस कुमार सग बुझ्दा आफुलाइ यश बिसयमा कुनै जानकारी नभएको साथै यस्तो कार्य जो जस्ले गरेतापनी सहि नभएको बताए।
उक्त कृषि सडक छाताबेली हुँदै पुर्व कुशाहा सम्म कालोपत्र निर्माण सम्पन्न हुन लागेको छ।





