दुहवी / सुनसरीको दुहवी ४ स्थित बुढी खोलामा एक पुरुषको शव फेला फेला परेको दुहबी प्रहरीले जनाएको छ ।
स्थानीयको भनाइ अनुसार बिहानको समयमा खोलामा माछा मार्ने क्रममा शव देखिएकोले त्तकालै दुहवी प्रहरी लाई जानकारी दिएका थिए ।
यता घटनाको जानकारी पाए लगतै इलाका प्रहरी कार्यालय दुहवीबाट खटिएका प्रहरी निरिक्षक सहितको टोली घटनास्थल तर्फ गएका थिए ।
ईलाका प्रहरी कार्यालय दुहबीका प्रहरी निरीक्षक घनेन्द्र हाङ खजुमका अनुसार ।
शवको प्रकृति हेर्दा पोस्ट मार्ट्म भई सकेको र शव अन्तै गाडेकोमा हाल बाढिका कारण शव खोलाको पानीमा बगेर आकोले कोभीडमा परेर मृत्यु भएको हरु लाई दाहा संस्कार गर्ने ठाउँमा सो शव लाई दाहा संस्कार गरेको खजुमले बताए ।
अर्धनग्न तथा खोलाको बालुवाले केही पुरेको अवस्थामा सो शव फेला परेको हो । मृतकको परिचय हाल सम्म पनि खुल्न बाकी रहदा समेत शवको दाहा संस्कार प्रहरीले गरेको हो ।





