दुहबी / नेपाली काँग्रेसको १४ औं महाधिवेशन तालिका अनुसार भएको १४ औं अधिवेशनबाट सुनसरीको दुहबी नगर सभापतिकाे पदमा बेद नारायण गच्छदार भारी मतले निर्वाचित भएका छन। गच्छदाले कुल १६४ मत प्राप्त गरेका छन भने उनका प्रतिद्वन्दि टेक चन्द बिश्वासले जम्मा ६९ मत प्राप्त गरेका हुन।
त्यसैगरि उपसभापति पदमा शिव कुमार के सी तथा मेनुका पोखरेल खतिवडा निर्वाचित भएको हो। शिव कुमार के सी ले १८१ मत तथा मेनुका पोखरेल खतिवडाले कुल १७३ मत प्राप्त गरेका हुन।
के सी तथा खतिवडाका प्रतिद्वन्दि ४५, अनिल प्रसाद शाह हलुवाई ५३ तथा खीलेश्वर यादव २८ मत प्राप्त गरेको हो।
त्यसै गरी आजै भएको निर्वाचनबाट सचिब पदमा रमेश कुमार रौनियार तथा अरविन्द सरदार निर्वाचित भएका हुन। रमेश कुमार रौनियारले १६४ मत प्राप्त गरेका छन भने अरविन्द सरदारले १५८ मत प्राप्त गरि निर्वाचित भएका हुन। रौनियार तथा सरदार का प्रतिद्वन्दी सुविर उपाध्याय ले ६३ र भुवन केसी ले ४८ मत प्राप्त गरेको छ।
यस्तै सह-सचिवमा मनोज चौधरी तथा युनुस मिया निर्वाचित भएकाे हाे । मनोज चौधरीले १६७ तथा युनुस मियाले कुल १३८ मत प्राप्त गरेका हुन । चौधरी तथा मिया को प्रतिद्वन्दी प्रजापति माझी थारु ८२ र दिलीप स्वर्णकर ले ४८ मत प्राप्त गरेको निर्वाचन अधिकृत सुर्य निरौलाले बताए ।