दुहबी / सुनसरीको कोशि राजमार्ग दुहबी नगरपालिका २ मैनावती स्टिल उधोग स्थित आज बिहान ८ .३० बजेको समयमा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोटरसाइकल चालक मोरङ जिल्ला बुढी गंगा गाउपालिका –७ घर भएको अन्दाजी ५० वर्षीय आशाराम माझी रहेको अस्थायी ट्राफिक कार्यालय दुहबीले जनाएको छ
ईटहरी देखि बिराटनगर आउदै गरेको मे १ ख २७४८ नंको बसले बाटो क्रश गर्न लागेको को ३४ प ९०६७ नंको मोटरसाइकल लाई बसले ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए ।
गम्भिर घाइते मोटरसाइकल चालक माझी उपचार गर्ने क्रममा बिराटनगर स्थित रहेको न्युरो अस्पताल पुर्याउंदा डाक्टरले मृत्यु भएको घोषणा गरेको ट्राफिक कार्यालय दुहबीले जनाएको ।





