दुहबी / पुर्वान्चलकै एक नम्बर ABI इट्टा तथा टायल्स उद्योगको सन्चालक ग्रुप ए बि ग्रुप एन्ड् ट्रेडिङ्गले २०७७/७८ मा उत्कृष्ट काम गरेका मजदुर तथा कर्मचारी लाई सम्मान तथा पुरस्कार साथै बनभोज कार्यक्रम गरेको छ। सुनसरीको बर्जु गाउपालिका अन्तर्गत रहेको रमणीय पर्यटन क्षेत्र समेत रहेको बर्जु ताल परिसर भित्र आज कार्यक्रम गर्दै विभिन्न बिधामा उत्कृष्ट योगदान गरेबापत विभिन्न ब्यक्ती हरुलाइ पुरस्कार तथा सम्मान बितरण गरेको छ।
कार्यक्रम का प्रमुख अतिथि तथा दुहबी नगर प्रमुख बेद गच्छदारले पुरस्कृत कर्मचारी तथा मजदुर हरुलाइ नगद,प्रमाणपत्र तथा दोसल्ला ओडाएर सम्मान गरेका थिए।उत्कृष्ट २ जना लाई नगद १ लाख ११ हजार १ सय ११ रुओऐया,दराज ,सम्मान पत्र तथा दोसल्लह बितरण गरिएको थियो भने अन्य मजदुर तथा कर्मचारी लाई नगद तथा सम्मान पत्रले सम्मान गरेका थिए।
सो कार्यक्रम मा बोल्दै मेयर गच्छदार मजदुर र मालिक बिच हुने बिभेद र मालिक ले मजदुर प्रती हेर्ने दृस्ठिकोण लाई चिर्दै आम मजदुर बर्गलाइ कार्य प्रती प्रोत्साहन र जिम्मेवार बन्न अभिप्रेरित गर्दै मजदुरकै साथमा बसेर खाना देखि साथी को ब्यावहार मालिकले गरेको देख्दा आफू अत्यन्तै खुसी भएको भन्दै उद्योग का मेनेजिङ्ग डाइरेक्टर भिम घिमिरे तथा उद्योग सन्चालिका अजिता बरालको प्रसंशा गरेका थिए ।
गच्छदारले नेपाल मा ठूलो र सानो बिचको खाडल बढ्दै गएको अबस्थामा च्यालेन्ज कै रुपमा ए बि ग्रुपले उदाहरणिय कार्यको थालनी गरेको प्रती लक्षित गर्दै यो ग्रुपले सुरु गरेको बाटो देशै भरिका उद्योगले सुरु गरे नेपालमा समानता र आर्थिक क्रान्ति को जड् दरो बन्दै जाने समेत जोड दिए ।
गच्छदारले उद्योग सन्चालिका अजिता बरालले निकट भबिस्यमै दुहबी १० मा सुरु गर्ने कृषि जन्य उत्पादन सम्बन्धी उद्योग सन्चालन गर्ने भन्ने भनाइ लाई सम्मान गर्दै आफू पनि सोही भिजन सहित मिसनमा उत्रेको हुदा करोडौं को लगानिमा निरमाण हुन लागेको फुड प्रोसेसिङ सेन्टर र टेन्क्निकल इन्स्टिच्युट निर्माण मा लागेको बताए।गच्छदार ले दुहबी मा ८०% कृषि मा आधारित जनजिबनलाइ ब्यावसायिकतमा परिणत गर्न साथै नगरबासी को हित र उन्नतिको लागि अहोरात्र खटिरहेको बताए।
आफ्नो कार्यकाल भरी कुनैपनी मजदुर वा बिपन्न समुदाय आखासम्बन्धी मोतियाबिन्दु ,जलबिन्दु,र अँखामा मासुपलाएका बिरामिले अन्दोपना हुन नपर्ने बताउदै औद्योगिक मजदुर को स्वास्थ्य सुरक्षा का लागि औद्योगिक क्लिनिक समेत खोल्ने बाताए। स्वास्थ्य बिमा अपरिहार्य भन्दै सबैलाइ तत्काल जोडिन आग्रह गर्दै गच्छदार ले आफुले नगरबासिको जिबनस्थर उकास्न शिक्षा ,प्राबिधिक शिक्षा ,खेलकुद ,सुकुम्बासी का लागि आवास, कृषि रोड, बहु आयामिक पार्क, हाटबजार,लगायत सबै क्षेत्रमा हातहालेको साथै यसलाइ सफल बनाएर समृद्ध दुहबी निर्माण गरेरै छाड्ने वचन बद्दता समेत जाहेर गरे।
कार्यक्रम मा बोल्दै उद्योग कि सन्चालिका अजिता बराल ले आफू ले सन्चालन गरेका उद्योगमा स्थानिय नागरिक लाई प्रार्थमिकता मा राखेर रोजगार दिएको,अहिले ७ सय स्थानिय ले रोजगार पाइरहेको र निकट भबिस्यमै ७ हजार सम्म स्थानियले रोजगार पाउने गरि आफू लागि रहेको बताइन। बराल ले आफ्नो कम्पनी मा कार्यरत कामदार हरु इमान्दार र बफादार रहेको प्रती हर्सित हुँदै सबै कामदार लाई आफै रोजगार दाता बन्न सफल हुनका लागि समेत सुभेक्षा प्रकट गरिन।
एबि ग्रुप मा मेनेजिङ्ग डाइरेक्टर भिम घिमिरे ले आफू २०४० साल ताका एस एल सि दिदै रु ७ दैनिक ज्यालादारी मा सिमेन्ट बोक्ने काम सुरु गरेको र आफू मजदुर बाट नै सफल उद्योगि बनि अहिले ७ सय लाई रोजगार दिन सफल बनेको बताउदै हरेक कामदार लाई आफू जस्तै उद्योगपती बन्न सुभेक्षा प्रकट गरेका थिए।
उक्त सम्मान तथा बनभोज कार्यक्रममा नगरपालिका का प्रमुख प्रशाशकिय अधिर्कृत बिनोद न्यौपाने, समाज सेवि बिनय पोख्रेल ,लगायत सम्पुर्ण मजदुर तथा कर्मचारी हरुको उपस्थित रहेको थियो।