दुहबी / सुनसरीको दुहबी नगरपालिका–४ बाट प्रहरीले बालिकालाई बलात्कार गरेको आरोपमा ५२ वर्षीय पुरुषलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दुहबी नगरपालिका–४ मालहटी टोल बस्ने ५२ वर्षीय राजु सहनी छन् ।
उनले १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । भदौ १५ मा बालिकालाई सहनीले जबरजस्ती करणी गरेको उजुरीको आधारमा दुहबी प्रहरीले उनलाई शनिबार पक्राउ गरेको ईलाका प्रहरी कार्यालय दुहबीका प्रहरी निरीक्षक घनेन्द्र हाङ खजुमले बताए ।
खजुमका अनुसार सो घटनाबारे थप अनुसन्धान भईरहेको जनाएको छ ।