इटहरी / इटहरीमा एक किशोरीले झुण्डिएर आत्महत्या गरेकी छन् । इटहरी-१२ खनारकी १९ वर्षीय अस्मीता महतले आफ्नै घरको माथिल्लो तलामा रहेको कोठामा झुण्डिएर आत्महत्या गरेकी हुन् ।
शुक्रबार बिहान घरमै रहेको पसलमा बसिरहेकी उनले एक्कासी सुटुक्क माथिल्लो तलामा गएर आत्महत्या गरेको स्थानियले बताएका छन् । उनले के कारणले आत्महत्या गरिन् भन्ने विषयमा खुलेको छैन । घटना बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
उनी खनारस्थित शारदा उच्च माविमा कक्षा ११ मा अध्ययनरत थिइन् ।





