दुहबी / सुनसरी जिल्ला अन्तर्गतका थारु समुदायका बिद्यार्थी हरुको सन्जाल थारु बिद्यार्थी समाज सुनसरीले बिहिवार रक्त दान कार्यक्रम सम्पन्न गरेको छ।
सो कार्यक्रम दुहबी ५ स्थिति रहेको सरस्वती माबीको प्राङ्गणमा सम्पन्न भएको छ ।
उक्त रक्त दान कार्यक्रम मा ४० जना सहभागी हरुले रक्तदान गरेका थिए ।
थारु बिद्यार्थी समाज सुनसरीको स्थापनाको २६ औ बार्सिक उत्सव को अवसर पारेर सो रक्तदान कार्यक्रम गरेको थारु विद्यार्थी समाजका सुनसरी अध्यक्ष राजेश माझिले जानकारी दिएका छन ।
अध्यक्ष माझिका अनुसार जिल्ला भरिका थारु समुदाय का बिद्यार्थी हरुको हक हित र सुरक्षा को लागि बिगत स्थापना काल् देखिनै लड्दै आएको र आगामी दिनमा पनि निरन्तर लागि रहने बताउदै उक्त समाजले सामाजिक कार्यको लागि पनि उतिक्कै भुमिका खेल्नु पर्छ भन्ने साझा बिचार बोकेको हुदा रक्तदान कार्यक्रम राखेको बताए।





