दुहबी / सुनसरी को दुहबी नगरपालिका का प्रमुख बेद गच्छदार ले आफू हिन्दु कुल बाट जन्मेको भए पनि सबै धर्म विशेषका आस्थाका केद्र हरुलाइ समान रुपले हेर्ने गरेको बताएका छन।
आइतबार सुनसरीको दुहबी १२ पुर्व कुसाहामा नव निर्मित राधाकृष्ण मन्दिरको समुध्घाटन कार्यक्रममा बोल्दै गच्छदारले उक्त कुरा बताएका हुन। जग्गादाता शान्ता पौडेल ले दान दिएको र स्थानिय महिला हरुको भजन मन्डलिले मानो मुठ्ठी उठाएर किनेको साढे ३ कठ्ठा जग्गामा निर्मित राधाकृष्ण मन्दिरको आज बिधिवत रुपमा नगरप्रमुख गच्छदार ले पानसमा बत्तिबाली रिवन काटेर उद्दघाटन गरेका थिए।
एउटा धागो चुडाउन सजिलो हुने तर धेरै धागो को समूह मिलाए चुडाउन नसकिने उदाहरण दिदै १२ नम्बर वडाबासी हरुको सामुहिक मेहन र लगनशिलताको प्रसम्सा गरेका थिए। बिस्वको कुनै कुनामा गएपनी माहाभारत बिना अधुरो हुने बताउदै द्वापर युगमा श्रीकृष्ण को उदय सगै कृष्ण लिला र माहाभारत उल्लेख भएको बताए।
मानव सभ्यताको बिकासक्रम सगै बिकास को स्वरुप बदलिदै जाने भन्दै गच्छदारले शिक्षा, स्वास्थ्य ,खेलकुद ,सगै धार्मिक क्षेत्रमा समेत समान बिकास गर्दै लगेमात्रै हामिले सोचेको र देखेको बिकासले पुर्णता पाउने र समृद्धि आउने बताए। ” इमान्दार ब्यक्तिमा दृढ सन्कल्प हुन्छ त्यो सन्कल्पले इच्छाशक्ति जन्माउछ र ब्यक्ती लाई कर्मयोगी बनाउछ भन्दै गच्छदार ले आफुले देखेको बिकास मोडल जसरी भएपनी पूरा गरेरै छाड्ने बताए।
राधाकृष्ण मन्दिर निर्माणका लागि नगरपालिका ले रु ५ लाख अनुदान उपलब्ध गराएको स्मरण गराउदै अझै मन्दिर को स्थरौन्नती र संरक्षण का लागि वडाबासिले काम गर्दै गए आगामी दिनमा थप साथ सहयोग रहने बताए।
कार्यक्रममा बोल्दै आवाज नेपाल कि अध्यक्ष मेनुका खतिवडाले महिला बिस्वासिला,आटिला र जागरिला हुन्छन भन्दै याहाका महिलाले भजन मन्डली मार्फत जोगाएको १,१७,७८० , नगरपालिका को रु ५ लाख र स्घानिय ब्यवसायी सन्जय बल्लव गिरिले रु १,६३,१७१ दिएको पैसा बाट कुल ७ ,८०, ९५१ मुल्री लागतमा उक्त मन्दिर बनाइ छाडेको बताइन।
कार्यक्रममा वडा नम्बर १२ का वडा अध्यक्ष खुसिलाल चौधरी नेपाली काङ्ग्रेस १२ नम्बर वडा सभापति भुनेस्वर मन्डल लगायत स्थानिय ब्यतित्व हरुको उपस्थिति रहेको थियो।





