• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

६ लेन सडक निर्माण समयमा काम गर्न नसकेको भन्दै गिताञ्जिलली जेभि लगायत तीन कम्पनीलाई कारबाही

काेचिला खबर by काेचिला खबर
08/30/2021
in स्थानीय
110
SHARES
498
VIEWS
Share on FacebookShare on Twitter

प्रदेश १ को रानी, विराटनगर, इटहरी, धरान हुँदै किमाथाङ्का जोड्ने राष्ट्रिय गौरवको आयोजना ६ लेन सडक हाल निमाणरधिन अबस्थामा छ । तर ठेकेदार कम्पनीले काम नसक्दा निर्धारित समयमा सडक निर्माणको काम नसकिने भएको छ । २०६९र७० मा सम्झौता भई काम भईरहेको सडक आयोजना मोरङको रानी देखि सुनसरीको धरान सम्मको ४४ किलोमिटर सडकका लागि १७ ओटा निर्माण ठेकेदारले काम गरिरहेका छन् ।

७ स्थानमा कान्छाराम कन्ट्रक्सन, ४ स्थानमा ढुण्डीरमण, २ स्थानमा आशिष कन्ट्रक्सन, रौता कन्ट्रक्सन, पप्पु जेभि कन्ट्रक्सन, गिताञ्जिलली जेभि र प्यासिफिक निर्माण कम्पनीले १र१ स्थानमा काम गरिरहेका छन् ।

तर ठेक्का पाएका कम्पनीले हाल सम्म कुनै स्थानको पनि काम सम्पन्न गर्न सकेका छैनन् । समयमा काम गर्न नसकेको भन्दै सडक आयोजनाले ३ वटा निर्माण कम्पनीलाई कारबाही समेत गरेको छ ।

कारबाहि पर्नेमा गिताञ्जिलली जेभिलाई २ करोड ४० लाख, पप्पु जेभि कन्ट्रक्सनलाई १ करोड ४० लाख र कान्छाराम जेभिलाई २ करोड ३२ लाख जरिवाना गरेको छ । समयमा ठेक्कापट्टा नलाग्नु, सडक छेउमा भएका संरचना हटाउन नसक्दा सोचे अनुसारको काम नभएको सडक आयोजनाका इन्जिनियर उपेन्द्र दासले बताए । उनले जग्गाको मुआब्जा विवादले समयमै ठेक्का लगाउन नसकेको बताए ।

१० अर्ब ९८ करोड लागतमा निर्माण भईरहेको सडक २०८० साल सम्म सक्नु पर्ने जिम्मेवारी पाएका निर्माण कम्पनीले समयमा काम नसक्दा निर्धारित समयमा काम नसकिने देखिएको हो । यता सो बिषयमा गिताञ्जिलली जेभिका संचालक शपन दास संग बुझदा उनि भन्छन ४ बर्स अगाडिनै निर्माणकार्य सम्पन्न भई सकेकोले आफुहरुले काम गरे अनुसार को रकम नपाएको भन्दै सरकार संग १ अर्ब पाउनु पर्ने माग समेत राखेको बताए ।

सडक विस्तारको काम हाल सम्म ७५ प्रतिशत सम्पन्न भएको छ । सुनसरीको इटहरी देखि तरहरा सम्म करिब ९० प्रतिशत काम सम्पन्न भएको आयोजनाले जनाएको छ । तरहरा देखि धरानको तिनकुने सम्म साढे ९ किलोमिटर सडक गत वर्ष मात्रै ठेक्का लागेर काम भईरहेको छ । दुहबी र धरान मुख्य बजारमा अहिले सम्म ठेक्का लाग्न सकेको छैन । तर आयोजनाले समयमै काम सक्ने बताउँदै आएको छ ।

यता कम्पनिको लापार्वाहिमाथि कार्वाहिमाथि स्थानिय तथा व्यापारिहरु सहमति बनेका छन् । उनिहरु भन्छन् कार्वाहिमात्र हैन कालो सुचिमा राखेर पुणर् रुपमा अव उप्रान्त कुनैपनि काममा सहभागी नहुनेगरि बहिस्कार गर्नुपर्ने व्यवसायिहरु ब्ताउछन् ।

काम सुस्त हुदाँ हुदै पनि सडक डिविजनले भने गत वर्ष देखि नै कामले तिब्रता पाएकाले अब काम अघि बढ्दै आएको बताउछन् । सडक निर्माण भएसँगै भारत नेपाल र चिन सगँको तिन देश जोड्ने सबै भन्दा छोटो दुरीको सडक बन्ने छ । तर यसको निर्माण बेलामा सम्पन्न नहुदाँ आम सर्वसाधरणले शास्ति खेप्नु परेको छ ।

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

दुहबीको महेन्द्र मेमोरियल स्कुलमा ३ दिने स्पोर्ट उत्सव सुरु

दुहबीको महेन्द्र मेमोरियल स्कुलमा ३ दिने स्पोर्ट उत्सव सुरु

02/04/2026
४९८ ज्येष्ठ नागरिक चुनावमा भिड्दै स्वतन्त्र र पुराना दलबाट धेरै

४९८ ज्येष्ठ नागरिक चुनावमा भिड्दै स्वतन्त्र र पुराना दलबाट धेरै

01/24/2026
मोरङ ६ मा मजदुर नेता ओपेन्द्र रायको उम्मेदवारी दर्ता ।

मोरङ ६ मा मजदुर नेता ओपेन्द्र रायको उम्मेदवारी दर्ता ।

01/20/2026
सुनसरी ३ मा चार दलको उमेदवार टुंगियो ।

सुनसरी ३ मा चार दलको उमेदवार टुंगियो ।

01/19/2026
सामाजिक सञ्जालबाट धार्मिक सद्भाव भड्काउनेलाई गृह मन्त्रालयको कडा चेतावनी

सामाजिक सञ्जालबाट धार्मिक सद्भाव भड्काउनेलाई गृह मन्त्रालयको कडा चेतावनी

01/05/2026
सुनसरी–३ मा एमालेबाट चौधरी र हुसेन सिफारिस ।

सुनसरी–३ मा एमालेबाट चौधरी र हुसेन सिफारिस ।

01/04/2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist