दुहबी / सुनसरीको दुहबी ६ स्थित रहेको काली मन्दिरमा सोमबार राती फेरि चोरी भएको दुहबी प्रहरीले जनाएको छ ।
चोरीको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेका छन भने १ जना फरार रहेको छ ।
पक्राउ पर्नेमा दुहबी ६ घर भएका बर्स २० को शुरज मन्डल , बर्स २२ को सदाम हुसेन रहेका छन भने एक जना फरार रहेको प्रहरीले बताए ।
प्रहरीका अनुसार सोमबार राती को २ बजेको समयमा मन्दिरको दान पेटिका फुटाई चोरी गरि सो मन्दिरको केही मिटरको दुरिमा रहेको बुढी खोलाको छेउमा चोरी गरेको पैसा बांड फाट गर्ने क्रममा प्रहरीको टोलिले पक्राउ गरेको बताए ।पक्राउ पर्ने हरुमाथि थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ ।
सो मन्दिरमा केहि महिना अगाडी मात्र चोरी भएको थियो ।
दुहबीमा पटकपटक मोटरसाइकल , साईकल , पसल , घर लगायत ठाउँहरुमा चोरी हुदा स्थानीय बासी चिन्तित भएको देखिन्छ ।
दुहबीमा दिउँसो वा रातको समयमा मौका छोपि विभिन्न अपराधीक घटना हरु बढन थाले पछि अपराध नियन्त्रण गर्न प्रहरी असफलता जस्तो भएको देखीएता पनि पछिल्लो केहि समय यता देखि विभिन्न अपराधका घटनाहरु लाई नियन्त्रण गर्न दुहबीको विभिन्न ठाउँमा सादा पोसाकमा प्रहरी परिचालन गरि अपराधीक क्रियाकलापमा संलग्न भएको केही लाई पक्राउ गरि कानुनी कार्वाही गरे पछि दुहबीमा जीव धनको सुरक्षामा केही कमि आएको र सुरक्षा मजबुत भएको स्थानीय हरु बताउछन ।





