दुहबी / सुनसरी जिल्लाको देवानगंज गाउँपालिका–२ मध्यहर्षाईस्थित पेट्रोल पम्पबाट नक्कली नेपाली नोटसहित दुई जना पक्राउ परेका छन् ।
१ सय रुपियाँ दरका १६ थान नक्कली नेपाली नोटसहित २ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा भारत अररिया रामनगर बस्ने ४० वर्षीय नबल किशोर पाल र ३२ वर्षीय सुमन पाल रहेका छन् ।
बीआर ५० एस ८४०६ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय देवानगंजबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त नक्कली नोटसहित फेला पारी पक्राउ गरेको हो ।