प्रदेश १ मोरङको रङ्गेली नगरपालिका–१ स्थित शिखर टोलमा पुरुषको शव फेला परेको छ । सामान्य पानी जमेको खाल्डोमा एक वृद्ध पुरुषको शव फेला परेको हो ।
मङ्गलबार साँझ बाटोछेउमा थोरै पानी रहेको खाल्डोमा अनुहार मात्रै डुबेको अवस्थामा रङ्गेली–१ का ६२ वर्षीय दीपक सुन्दासको शव भेटिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले बताए ।
उनका अनुसार डुबेर मानिसको मृत्यु हुनेखालको खाल्डो नभएका कारण घटनाको अनुसन्धान थालिएको छ ।