दुहबी / सुनसरी प्रहरीले ज्यान र करणी मुद्दाका फरार दुई प्रतिवादीलाई पक्राउ गरेको छ ।
सुनसरी जिल्ला अदालतले करणी मुद्दामा २०७५ साल साउन ३० गते ११ वर्ष कैद सजाय सुनाएका दुहवी १ का कलिम मियाँलाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार पक्राउ परेका मियाँलाई जिल्ला अदालत सुनसरीमा पेश गरेकोमा सजाय भुक्तानका लागी झुम्का कारागार पठाइएको छ ।
त्यस्तै, कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी दुहवी ४ का गुलाब भनिने गुलाम मियाँलाई पनि पक्राउ गरिएको छ ।
मियाँलाई दुहवी ५ का दुखीनी थारूको हत्या गरेको अभियोगमा जिल्ला अदालत सुनसरीले २०६० साल साउन २० गते २० वर्ष कैद सजाय सुनाएको थियो ।
घटनापछि फरार भएका मियाँलाई १८ वर्षपछि पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ गरेका उनलाई अदालत पेश गरेकोमा कैद भुक्तानका लागि झुम्का कारागार पठाइएको छ ।





