• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

मोरङमा एक गार्मेन्ट उद्योगका सिईओले महिला कर्मचारीलाई दुव्र्यवहार गरेको आरोपमा प्रहरी नियन्त्रणमा ।

काेचिला खबर by काेचिला खबर
08/17/2021
in स्थानीय
99
SHARES
452
VIEWS
Share on FacebookShare on Twitter

विराटनगर / गोल्यान ग्रुप इन्टरप्राइजेजद्वारा विराटनगर–१३ मा सञ्चालित ट्राइकट इण्डष्ट्रिज प्रा.लि.मा कार्यरत महिला कर्मचारीमाथि दुव्र्यवहार गरेको भन्दै उद्योगका मजदुर तथा कर्मचारी आन्दोलित भएपछि प्रहरीले सिईओलाई नियन्त्रणमा लिइएको छ ।

गार्मेन्ट उद्योगका सिईओ भारतीय नागरिक संजय चाण्डोकले उद्योगको एचआर (मानव संशाधन) फाँटकी महिला कर्मचारीमाथि दुव्र्यवहार गरेको भन्दै उद्योगका सबै श्रमिक तथा कर्मचारी आन्दोलित भएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले महिला श्रमिक तथा कर्मचारीमाथि दुव्र्यवहार गर्ने भारतीय नागरिक तथा उद्योगका सिईओ चाण्डोकलाई नियन्त्रणमा लिइएको हो । श्रमिक तथा कर्मचारीले उद्योग परिसरमा आज चाण्डोकलाई कारवाही गर्नुपर्ने माग गर्दै प्रदर्शन गरेपछि इलाका प्रहरी कार्यालय रानीको टोलि त्यहाँ पुगेको थियो ।

तर, श्रमिक तथा कर्मचारीको भीड बढ्दै गएपछि उनलाई नियन्त्रणमा लिन जिल्ला प्रहरी कार्यालयको टोलि समेत त्यहाँ पुगेको थियो । प्रहरी नायव उपरीक्षक एवं जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता दिपक श्रेष्ठले उद्योगका सिईओसँग केहि सोधपुछका लागि नियन्त्रणमा लिइएको बताउनुभयो ।

गत जेठमा मात्रै रोजगारीका लागि उद्योगमा हाँजिर भएकी एक महिला कर्मचारीसँग सिईओ चाण्डोकले व्यक्तिगत मामलाका कुराहरु सोधखोज गर्ने, रातीराती फोन गर्ने र काममा चित्त नबुझेको भन्दै दवावमा राख्ने गरेको आरोप पीडित महिलाले गरेकी छिन् ।

उद्योगी बासुदेवसहित गोल्यान घरानाद्वारा सञ्चालित ट्राइकट इण्डष्ट्रिजका सञ्चालक शक्ति गोल्यान हुन् । अनलाइनबाटै कर्मचारीमा छनौट भएकी महिला गत जेठ ९ गतेदेखि उद्योगमा हाँजिर भएर काम गर्दै आएकी थिइन् । तर, सिईओले राती समेत फोन गरेर टर्चर दिदैं आफूलाई काबुमा राख्न खोजेको पीडित महिलाको गुनासो छ ।

श्रमिक महिलाहरुलाई पटक पटक दुव्र्यवहार गरेपछि उनीहरु बाध्य भएर मंगलबार भने आन्दोलनमा उत्रिएका हुन् । तयारी कपडा उत्पादन गरी विदेश निर्यात गर्दै आएको ट्राइकोट इण्डष्ट्रिजमा ३५० जना भन्दा बढी मजदु्रहरु कार्यरत छन् ।
उद्योगमा पहिले यस प्रकारको समस्या थिएन ।

तीनवर्ष अघि चाण्डोक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा आएपछि महिला मजदुरहरु दुव्र्यवहारमा पर्न थालेक थिए । श्रमिक महिलाहरुले उनलाई पक्राउ गरी कारवाही गर्न माग गर्दै प्रदर्शन गर्न थालेपछि उनी विरुद्ध त्यहाँ कार्यरत सबै श्रमिक तथा कर्मचारीले नाराबाजी गरेका थिए । आवर विराटनगर बाट

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

जनताको मनमा बसिन् चौधरी, जिततर्फ बलियो यात्रा

जनताको मनमा बसिन् चौधरी, जिततर्फ बलियो यात्रा

02/25/2026
विकास,रोजगारी र सुशासन केन्द्रमा राख्दै चौधरीको स्पष्ट रोडम्याप सार्वजनिक

विकास,रोजगारी र सुशासन केन्द्रमा राख्दै चौधरीको स्पष्ट रोडम्याप सार्वजनिक

02/23/2026
गफ होइन, काम गरेर देखाउँछु” — भगवती चौधरीको प्रतिबद्धता, समृद्ध सुनसरी–३ निर्माणको आह्वान ।

गफ होइन, काम गरेर देखाउँछु” — भगवती चौधरीको प्रतिबद्धता, समृद्ध सुनसरी–३ निर्माणको आह्वान ।

02/22/2026
सुनसरी ३ मा काङ्ग्रेस र रासपा उम्मेदवारद्वारा आचारसंहिता उल्लंघन सरोकारवाला मौन।

सुनसरी ३ मा काङ्ग्रेस र रासपा उम्मेदवारद्वारा आचारसंहिता उल्लंघन सरोकारवाला मौन।

02/21/2026
सुनसरी ३ मा १३ पटक मन्त्री बनेका गच्चदारलाई भगवती र अशोकको चुनौती गच्छ्दारको लोकप्रियता जनतामा घटदै

सुनसरी ३ मा १३ पटक मन्त्री बनेका गच्चदारलाई भगवती र अशोकको चुनौती गच्छ्दारको लोकप्रियता जनतामा घटदै

02/19/2026
दुहबीको महेन्द्र मेमोरियल स्कुलमा ३ दिने स्पोर्ट उत्सव सुरु

दुहबीको महेन्द्र मेमोरियल स्कुलमा ३ दिने स्पोर्ट उत्सव सुरु

02/04/2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist