प्रहरीले मोरङको विराटनगर महानगरपालिका–१२ मा रहेको सङ्गम गीत गजलबाट १२ जना जुवाडेलाई पक्राउ गरेको छ । शुक्रबार राति मोरङ प्रहरीको टोलीले गीत गजलमा जुवा खेल्दै गरेका १२ जनालाई पक्राउ गरेको मोरङ प्रहरी प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार शुक्रबार राति साढे आठ बजेतिर गीत गजलमा तास खेलिरहेको अवस्थामा नगद दुई लाख ३१ हजार दुई सय ४० रुपैयाँसहित उनीहरूलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–११ का १८ वर्षीय वीरेन सहनी, सोही स्थानका ३० वर्षीय राजन पौदार, २२ वर्षीय अजय सहनी र ४० वर्षीय सन्तोष कार्की, विराटनगर १२ का २६ वर्षीय राहुल सहनी, ३१ वर्षीय विमल मुखया, विराटनगर–२ का ३१ को भुवन कालाखेती, सोही स्थानका ४८ वर्षीय दिनेश सत्रा रहेका छन् ।
यस्तै, विराटनगर ८ का ३४ वर्षीय सुवोध पासवान, विराटनगर–१४ का ५१ वर्षीय बलबहादुर कोइराला, विराटनगर–६ का २८ वर्षीय रन्जित सिंह र कटहरी गाउँपालिका–१ का ३५ वर्षीय सवधनारायण चौधरी रहेका छन्
पक्राउ परेका उनीहरूलाई जुवा ऐन २०२० कसूरमा जिल्ला प्रशासन कार्यालय मोरङबाट दिन ५ म्याद थप गरी अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।





