दुहबी / बिवाहको कुरा चलाएपछि सुनसरी दुहबी नगरपालिका ९ सोनापुरकी एक युवतीले साथीको सरणमा पुगेकी छन् ।
परिवारमा आफ्नो इक्छा विपरित विवाहको कुरा चलाएपछि स्थानीय खदिजा खातुनले घर छाडेर साथीको सरणमा पुगेकी हुन् । आफूलाई कक्षा ७ सम्म मात्रै पढाएको परिवारले पठनबाट बञ्चित गरेको पछिल्लो समय बैशाखमा आफ्नो इच्छा विपरित विवाहको कुरा चलाएपछि असार दोस्रो हप्तादेखी घर छाडेर सुरक्षीत साथ साथीको सरणमा पुगेको खदिजाले बताउनुभयो ।
परिबारजनले प्रहरीसम्म उजुरी गर्नका लागि गएको सूचना पाएपछि खदिजाले विरानगरमा साथीकोबाट भिडियो र पेस विज्ञप्ती मार्फत आफू सुरक्षित रहेको सार्वजनिक गरेकी हुन् । खतिजालाई परिवारले मावि र उच्च शिक्षासम्म पढ्नाबाट बञ्चित गरेको अरोप लगाउँदै विवाह पनि आफूले चाहेको भन्दा अर्कैसंग इक्छा वीपरित गर्न खोजेकोले सुरक्षाका लागि साथीको सरणमा पुगेको उहाँको भनाइ छ ।
पीडित खदिजाले आफू परिवारबाटै असुरक्षित भएको दावी गर्दै आफू आफ्नो खुट्टामा उभिएपछि विवाह गर्ने योजनामा समेत रहेको सुनाउनुभयो । आफू सुरक्षित रहेकाले कुनै चिन्ता नलिन र प्रहरी प्रशासनमा आफूलाई खोज्नका लागि उजुरबाजुर नगर्न समेत अभिभावकसंग आग्रह गरेकी छिन ।