दुहबी / १ नं. प्रदेश प्रहरी तालिम केन्द्र रानी, विराटनगरमा संचालित प्रहरी जवान पदको परीक्षामा सहभागी नक्कली परिक्षार्थी सहित ६ जनालाई पक्राउ गरी आवश्यक अनुसन्धान अगाडी बढाईएको छ ।
प्रारम्भिक अनुसन्धानको क्रममा जिल्ला भोजपुर पौवादुङ्मा गाउँपालिका वडा नं.-६ बस्ने बर्ष २३ को सुर्य राई भन्ने व्यक्तिले प्रहरी जवान पदमा नयाँ भर्ना गराई दिन्छु भनि जिल्ला भोजपुर पौवादुङ्मा गाउँपालिका वडा नं.-६ बस्ने बर्ष २२ को संगम राईबाट नगद रू.१,१८,०००।- (एकलाख अठार हजार), जिल्ला भोजपुर पौवादुङ्मा गाउँपालिका वडा नं.-६ बस्ने बर्ष १९ को सागर राईबाट नगद रू १,१८,०००।- (एकलाख अठार हजार) र जिल्ला धनकुटा साँगुरीगढी गाउँपालिका वडा नं.-८ बस्ने बर्ष १९ को सरोज राईबाट नगद रू. २,००,०००।- (दुईलाख) लिएको खुल्न आएको र उक्त कार्यमा संलग्न ६ जनालाई १ नं. प्रदेश प्रहरी तालीम केन्द्र रानी विराटनगरले पक्राउ गरी आवश्यक कानूनी कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय मोरङमा बुझाईएकोमा शिक्षा ऐन २०२८ को दफा १७ को १ (क) बमोजिम परीक्षा सम्बन्धी कसूरमा जिल्ला प्रशासन कार्यालय मोरङबाट दिन ५ को म्याद लिई थप अनुसन्धान कार्य भई रहेको ।
पक्राउ पर्नेहरू
(१) जिल्ला भोजपुर पौवादुङ्मा गाउँपालिका वडा नं.-६ बस्ने बर्ष २३ को सुर्य राई
(२) जिल्ला भोजपुर पौवादुङ्मा गाउँपालिका वडा नं.-६ बस्ने बर्ष १९ को सागर राई
(३) जिल्ला भोजपुर पौवादुङ्मा गाउँपालिका वडा नं.-६ बस्ने बर्ष २२ को संगम राई
(४) जिल्ला धनकुटा साँगुरीगढी गाउँपालिका वडा नं.-८ बस्ने बर्ष १९ को सरोज राई
(५) जिल्ला धनकुटा शहिदभूमि गाउँपालिका वडा नं.-३ बस्ने बर्ष २१ को खपाङ राई
(६) जिल्ला धनकुटा साँगुरीगढी गाउँपालिका वडा नं.-८ बस्ने बर्ष २७ को राज कुमार राई ।