दुहबी / सुनसरी को दुहबी नगरपालिका वडा नम्बर १०/११ का महिला उद्दमिहरुले नगरपालिका र गरिबी निवारण का लागि लघु उद्दम कार्यक्रम (मेडपा) को साझएदारी मा सन्चालित नगर भरिका बेरोजगार तथा न्यून आय भएका महिला हरुको जिबिकोपार्जन साथै दैनिकी स्थरुन्नतिको लागि दिएको तालिमको सदुपयोग गर्दै उक्त वडाका महिलाहरुले तालिम पश्चात् सिकेको सीप लाई ब्यावसायिक मा परिणत गर्दै खोलेको बुटिक तथा ब्युटिपार्लर को नगर प्रमुख बेद गच्छदार ले उद्घाटन गरेका छन ।
गच्छदार ले आफ्नो नगर भरिका हरेक बेरोजगार महिलाहरुको लागि आफ्नो बलबुताले भ्याए सम्म स्वरोजगार बनाउदै हरेक महिलाले दोश्रो दर्जाको नागरिक भएको अनुभुती नगरी आफुपनी पुरुष सरह आय आर्जन गर्न सक्ने क्षेमता भएको प्रदर्शन गर्दै समाज परिवर्तन साथै परिवारको समृद्धि खातिर लागेर सिङ्गै नगरको भौतिक तथा आर्थीक स्तर उन्नतिमा सहयात्रा गर्न सक्ने बताए
केही महिना अगाडि मेयर गच्छदार ले मेडपा सग साझेदारी गरि आफ्ना नगरका नागरिक हरु बेरोजगार नसौन साथै उनिहरुको क्षेमता अभिबृद्दी गरि सिकेको सिपको सदुपयोग गरि दैनिक आय आम्दानिमा स्वभलम्बन बन्न सकुन भनेरै दुहबी नगर मा यस्ता कार्यक्रम भित्राएको बताउदै गच्छदार ले अहिलेसम्म सिकेका सीप लाई ब्यावसायिक रुपमा परिणत गर्न आफ्नो ब्यक्तिगत साथै नगरपालिको सिङ्हो टिमले सबैखाले साथ र सहयोग राख्ने मा जोड दिए।।
गच्छदार ले बङ्गुर पालन,बाख्रा पालन,अचरा बुटिक, ब्युटिसियन, सिलाइ कटाइ ढाका बुनाइ ,लगायत सबै खाले सीप सिकाएर आफ्नो नगरका बेरोजगार महोलाहरुलाइ स्वरोजगार बनाइ आर्थिक रुपान्तरण गर्न कुनै कसर बाकी नराख्ने बताए।
आफू यश नगर को प्रमुख भएको हैसियतले नगर भरिका हर्व्क नागरिकले समस्या लिएर आए आफुले ब्यावसायिक तथा आर्थिक उन्नतिका पक्ष्मा नगरवासिको खातिर अहोरात्र खटेर सेवा साथ र सहयोग गरिरहने बताए ।





