अर्जुन खडका
दुहबी / सुनसरिको दुहबी नगरपालिकाले विभिन्न वडाका जेष्ठ नागरिकहरुलाइ सम्मान गरेको छ।
सोमबार दुहबी पार्टी प्यालेसको सभा हलमा श्रीजनशिल बिकास मन्च सुनसरी को सम्योजनमा सन्चालित एक कार्यक्रम मार्फत दुहबी वडा नम्बर १,३,४,५,६ र ८ का करिब ३६ जना जेष्ठ नागरिकलाइ नगर प्रमुख बेद गच्छदार ले प्रती जेष्ठ नागरिक हर्लिक्स,लुगाधुने साबुन,नुहाउने साबुन,मिश्री साथै प्रतिब्यक्ती रु ७ सय का दरले यातायात खर्च समेत दिदै दोसल्लाह ओडाएर सम्मान गरेका थिए।
उक्त सम्मान कार्यक्रममा बोल्दै नगरप्रमुख बेद गच्छदार ले दुहबी २ नम्बर वडामा केही समय भित्रमा वृद्ध बृदा लाई केयर गर्ने उदेस्यले “स्नेह केयर सेन्टर ” खोलिने बताए।उक्त केयर सेन्टर ले दुख पिडामा परेका जेष्ठ नागरिकलाइ खाना,बस्न,लत्ता कपडा लगाएतको सेवा प्रवाह गरिने गच्छदार ले बताए।
कार्यक्रममा बोल्दै गच्छदारले पैसावाला घराना का जेष्ठ नागरिक लाई दुख नहोला ,रोग लाग्दापनी उपचार पाउन सक्लान तर गरिब असहाय परिवार का जेष्ठ नागरिकले सानो रोगको उपचार नपाएर जिबनभरी आँसु बगाउदै काल गुहार्दै बाच्नु सिवाय बिकल्प नरहेको इङ्गित गर्दै यस्ता समस्या बाट उन्मुक्ति दिलाउन नगरपालिका ले ६० लाख बजेट छुट्याइ स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत २ हजार देखि २५ सय सम्म नगरपालिका ले र बाकी १ हजार देखि १५ सय सम्म आफ्नै गरि बिमित बनाउने उदेस्य रहेको बताए।
उक्त कार्यक्रमले १ लाख सम्म को उपचार फ्री हुने हुदा सबैले बिमा गराउन अनुरोध गर्दै आफू नगरपालिका को मेयरको कुर्सिमा बसुन्जेल जलबिन्दु,मोतियाबिन्दु र आखामा मासु पलाएको बिरामी हरुले निशुल्क १२ महिना,२४ नै घन्टा उपचार पाउने बताए।
उनले भने जन्मजात अर्थात विभिन्न कारणले अपाङ्गता भएका नागरिकको जिबिको पार्जन तथा आय आर्जन का लागि प्रत्यक वडाका अपाङ्गता भएका ब्यक्तिको समूह बनाइ उक्त कोष खडा गरि रु ५० हजार बीउ पुजि दिएर विभिन्न आय आर्जन का कार्यक्रम गरिने बताए।
कार्यक्रम को सभापतित्व श्रीजनशिल बिकास मंच कि अध्यक्ष कमला खतिवडाले गरेकी थिइन भने विशिष्ट अतिथिको रुपमा उपप्रमुख सुनिता दाहाल साह,र योजना साखा का प्रमुख रहेका थिए।





