इनरुवा / कोरोना कहरका कारण सवै क्षेत्र प्रभावित वनि रहेको समयमा पत्रकारिता क्षेत्र समेत यसबाट अछुतो रहन नसकिरहेको तर्फ मध्यनजर गर्दै नेपाल पत्रकार महासंघलाई नविकरण छुट गरिदिन नेपाल प्रेस युनियन इनरुवा नगरसमितिले आग्रह गरेको छ ।
नेपाल प्रेस युनियन इनरुवा नगर समितिका संयोजक टोमराज मेहताले कोरोना कहरका कारण कतिपय पत्रकारहरु समेत आर्थिक संकटमा परिरहेको समयमा नविकरण शुल्क छुटको माग राख्दै महासंघलाई ज्ञापन पत्र वुझाएका हुन ।
नगर संयोजक मेहताले नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य इकवाल अहमत मार्फत केन्द्र , प्रदेस सचिव देवेन्द्र कार्की र जिल्ला अध्यक्ष जनक ऋषि राईलाई ज्ञापन वुझाएको हो ।
सो ज्ञापन पज्ञमा कोरोनाका कारण कतिपय पत्रकारहरुले ज्यान गुमाएको , कतिपय अझै सक्रमित रहेका तथा कतिपय पत्रकारहरुले रोजगारी गुमाएको कारण पत्रकारहरु समेत आर्थिक संकटमा परेकाले नविकरण शुल्क छुटको माग गरिएको छ ।
कोरोनाका कारण ज्यान गुमाउने पत्रकारहरु प्रति श्रद्धाञ्जली , सक्रमितहरुको शिघ्र स्वास्थ्य लागिको कामना समेत ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।





