• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

मोरङको बूढीगंगामा सवारी दुर्घटनामा एक जनाको मृत्यु चार घाइते

काेचिला खबर by काेचिला खबर
07/11/2021
in स्थानीय
71
SHARES
323
VIEWS
Share on FacebookShare on Twitter

 
मोरङको बूढीगंगा गाउँपालिका–१ स्थित आरती स्ट्रिप्स उद्योगअगाडि शनिबार राति भएको कार दुर्घटनामा एक जना हार्डवेयर व्यवसायीको मृत्यु भएको छ। 

दुर्घटनामा अरू चार जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ। 

उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको बा १८ च ९७६ नम्बरको कार अनियन्त्रित भएर राति ११:४५ बजेतिर बिजुलीको पोलमा ठोक्किँदा दुर्घटना भएको प्रदेश १ ट्राफिक प्रहरी प्रमुख एसपी वासुदेव खतिवडाले जानकारी दिए। 

उनका अनुसार दुर्घटनामा परेर हार्डवेयर व्यवसायी विराटनगर महानगरपालिका–३ का ४० वर्षीय रमेश आचार्यको मृत्यु भएको छ। विराटनगरको खारजीमा आचार्यको हार्डवेयर पसल छ। दुर्घटनामा गम्भीर घाइते भएपछि जग्गाको कारोबारसमेत गर्दै आएका आचार्यलाई उपचारका लागि विराटनगरको विराट नर्सिङ होम एवं विराटनगर अस्पताल लगिएको थियो। 

भेन्टिलेटर नभएको भन्दै विराटले रेफर गरिदिएपछि थप उपचारका लागि न्युरो अस्पताल लगिएको थियो। उपचारकै क्रममा आइतबार बिहान ५:१५ बजेतिर आचार्यको मृत्यु भएको जानकारी एसपी खतिवडाले दिए। 

उनका अनुसार दुर्घटनामा परेर कार चालक बूढीगंगा–१ का ४५ वर्षीय महाप्रसाद भट्टराई, ४० वर्षीय भीमप्रसाद घिमिरे, ३३ वर्षीय सन्तोष घिमिरे र विराटनगर–३ का २० वर्षीय विवेक नेपाल घाइते भएका छन्। प्रहरीका अनुसार महाप्रसाद, भीम र सन्तोष जग्गा कारोबारी हुन्। घाइतेमध्ये विवेकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार घाइतेहरुको विराट र न्युरोमै उपचार भइरहेको छ। 

मादक पदार्थ सेवन (मापसे) गरेर तीव्र गतिमा चलाइएका कारण दुर्घटनामा परेको प्रारम्भिक अनुसन्धानबाट खुलेको एसपी खतिवडाको भनाइ छ। प्रहरीले कारलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालिएको जनाएको छ। 
यसैबीच मृतक आचार्यको उपचारमा लापरबाही गरिएको भन्दै आफन्तले न्युरो अस्पतालमा केहीबेर होहल्ला गरेका थिए। समयमा चिकित्सकले नहेरेको र गम्भीर अवस्थाका घाइतेलाई तत्काल भेन्टिलेटरमा नराखिएको भनेर आफन्त आक्रोसित बनेका हुन्। जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी नायव निरीक्षकको नेतृत्वमा खटिएको टोलीले स्थितिलाई नियन्त्रणमा लिएको थियो।

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

संसद पुनस्र्थापनाको माग राख्दै दुहबीमा एमालेको मोटरसाइकल र्‍याली

संसद पुनस्र्थापनाको माग राख्दै दुहबीमा एमालेको मोटरसाइकल र्‍याली

11/11/2025
दुहबीका दुई छाला उद्योगमा स्थानीयले गरे अनिश्चिति काल तालाबन्दी ।

दुहबीका दुई छाला उद्योगमा स्थानीयले गरे अनिश्चिति काल तालाबन्दी ।

11/11/2025
मेयर गच्छ्दार र भारतिय राजादुतावास बिच १८ करोडको त्रीपक्षिय लगानी सझौतामा हस्तान्तरण

मेयर गच्छ्दार र भारतिय राजादुतावास बिच १८ करोडको त्रीपक्षिय लगानी सझौतामा हस्तान्तरण

11/10/2025
बर्जुबाट २५७ किलो गाँजा सहित स्कार्पियो प्रहरीको नियन्त्रणमा

बर्जुबाट २५७ किलो गाँजा सहित स्कार्पियो प्रहरीको नियन्त्रणमा

11/08/2025
दुहबी नगरपालीकाका प्रवक्ता चौधरीलाइ पत्नी  शोक

दुहबी नगरपालीकाका प्रवक्ता चौधरीलाइ पत्नी शोक

11/06/2025
पत्रकार यादव माथि आक्रमण प्रयास दोषी माथि कार्वाही सहित शान्ति सुरक्षाको माग गर्दै सुनसरी प्रहरीमा उजुरी ।

पत्रकार यादव माथि आक्रमण प्रयास दोषी माथि कार्वाही सहित शान्ति सुरक्षाको माग गर्दै सुनसरी प्रहरीमा उजुरी ।

10/31/2025

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist