दुहबी / मोरङको बुढीगंगा स्थित हुलास वायर उद्योगमा ९३ मजदुरलाई कामबाट निकालेको भन्दै मजदुरहरु आक्रोशित हुँदै आन्दोलनमा उत्रिएका छन।
८ बर्ष देखि श्रम एनने तोकेको सुबिधा समेत न दिएको मजदुरहरुको गुनासो रहेको छ। अहिले मजदुरहरु उद्योग अगाडी धर्ना दिएर प्रदर्सन गरि रहेका छन्। आफुहरुको रोजिरोटि छिनिएपछी हडताल आन्दोलन गर्न बाध्य भएको सोही उधोगको काम बाट निकालेका मजदुर सुर्य कुमारले बताउछ्न।
अहिले मजदुरका तर्फबाट केही प्रतिनिधि र उद्योग प्रशासनबिच बार्ता भइरहेको एक मजदुरले बताए।





