दुहबी / सुनसरीको रामधुनी नगरपालिका १ स्थित पूर्वपश्चिम राजमार्गमा मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ ।
नम्बर नखुलेको सवारीले प्र ३–०२–००९ प ८४१४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक मोरङ हसनदहका ३५ वर्षीय पूर्णबहादुर कार्कीको मृत्यु भएको हो ।
गम्भीर घाइते बनेका उनलाई उपचारको लागि इटहरीस्थित एपेक्स हस्पिटलमा पठाइएकोमा त्यहाँबाट थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइएकोमा उपचारको क्रममा मृत्यु भएको थियो ।
मोटरसाइकल प्रहरी चौकी झुम्काको नियन्त्रणमा लिइएको छ भने ठक्कर दिने सवारीको खोजी भइरहेको छ । तर, के कुन सवारीले ठक्कर दिएको हो भन्ने खुल्न नसकेको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । तीव्र गतिका कारणले दुर्घटना भएको जनाइएको छ ।





