इटहरी । उपभोक्तालाइ म्याद गुज्रिएको औषधि बिक्रि गर्ने इटहरीका तिन वटा अस्पतालहरूमा बुधबार अनुगमन पश्चात शिल गरिएको छ । अनलाइन माध्यमबाट परेको उजुरीको आधारमा इटहरी उपमहानगरले आकस्मिक अनुगमन गरी तिनवटा औषधि पशलहरू तत्कालको शिल गरिएको हो ।
उपमहानगरको उपमेयर लक्षमी गौतमको संयोजकत्वमा भएको अनुगमनमा इटहरी प्रहरी कार्यालय अघाडि रहेको सामुदायिक औषधि पशल , कलर्श फार्मेसि र इटहरीकै आरव मेडिको एण्ड सप्लायर्समा तत्काल शिल गरिएको हो ।
उपभोक्ताले औषधि किन्ने क्रममा सामुदायिक औषधि पशलले म्याद गुज्रिएको औषधिमा नया स्टिकर टासेको प्रत्यक्ष भेटिएपछि तत्काल अस्पतालको मेडिसिन बिभाग शिल गरिएको उपमेयर लक्षमी गौतमले प्रदेश दर्पणलाइ बताउनुभयो
त्यस्तै इटहरीकै कलर्श फार्मेशिले पनि मुल्य बढाएर औषधि बिक्री गर्नुका साथै म्याद गुज्रिएको औषधिहरू बिक्रि गरेको पाइएपछि तत्काल शिल गरिएको बताइएको छ। त्यस्तै बिभिन्न प्रकारका औषधिहरू सप्लायर्स गर्दै आएको आरक मेडिको एण्ड सप्लायर्सले पनि म्याद गुज्रिएको औषधि बिक्रि गरेको पाइएपछि उक्त पशललाइ पनि शिल गरिएको जनाइएको छ।
शिल गरिएको पशलबाट बरामद गरिएका औषधिहरू उपमहानगरले जफत गरि उक्त औषधी बारे छानबिन गरी दोषि भेटिए कानुन अनुसार कार्वाहि गरिने उपमहानगर अन्तरगत स्वास्थ्य शाखाको प्रमुख नविन भट्टराइले जानकारी दिनुभयो ।