अर्जुन खडका
दुहबी / सुनसरीको दुहबी नगरपालिकाले स्थानीय कृषक लाई उन्नत जातको बङ्गुर बितर्ण गरेको छ। दुहबी वडा नम्बर ९ र वडा नम्बर ११ का ५० घर परिवारलाई समेटेर १० जनाको एक समूह बनाइ ५ वटा समुहलाइ आज नगरप्रमुख बेद गच्छदारले बङ्गुर बितरण गरेका थिए।
नगरपालिकाको पशु प्रवर्द्धन कार्यक्रम अनुसार कृषकको २५% र नगरपालिकाको ७५% लागत साझेदारिमा सन्चालित बङ्गुर प्रवर्द्धन कार्यक्रम अन्तर्गत ७ लाख ७० हजार मूल्य बराबरको बङ्गुर नगर प्रमुख गच्छदारले बितरण गरेका थिए। गच्छदारले प्रत्येक कृषक लाई २ वटा पोथी (भुनी) र प्रत्येक समुहलाई १ थान भाले ( वीर) सहित जम्मा १०५ थान बङ्गुर हस्तान्तरण गरेका हुन। बढ्दो कोरोना माहामारिका बीच स्वास्थ मापदन्ड अपनाउदै कृसकलाइ स्वरोजगार बन्न अभिप्रेरित गर्ने उदेश्यले सन्चालन गरेरिएको उक्त बङ्गुर प्रबर्द्धन कार्यक्रमले पशु ब्यावसाय क्षेत्रमा हरेक न्यून आय भएका कृसकले आत्मनिर्भर बन्ने अवसर मिल्ने हुदा यस्ता कार्यक्रम अगाडि सारेको गच्छदारले बताए।
भौतिक पुर्वाधार मात्रै बिकास हैन,हरेक नागरिकको दैनिकी र जिबनस्थरमा आर्थिक पाटो समेत सबल नभै मुलुक समृद्ध तर्फ अगाडि नबढ्ने भन्दै गच्छदारले गत आफू मेयरमा बिजय भएदेखी नै कृषि क्षेत्रमा ध्यान दिएको साथै बाख्रा पालन गर्ने कृसकलाइ उन्नत जातको बोका बितरण गरेको बताए। कृसकलाइ थप ब्यावसाय प्रती उत्साह प्रवर्द्धन गर्न यसपटक पनि ५० जना कृसकलाइ बाख्रा बितरण गरिने बताए।
मुलुकमा खपत हुने माशुजन्य पदार्थ खसी बोका र बङ्गुर बर्सेनि भारत,चाइना,थाइल्यान्ड देखि १६ अर्ब भन्दा बढिको आयात हुने हुदा मुलुकको ठूलो आर्थिक बाहिरिने कुरा मध्यनजर गर्दै आफुले पशु प्रबर्द्धन क्षेत्रमा दृढ सन्कल्पका साथ लागिपरेको गच्छदारले बताए। यस्ता कार्यक्रमले कृसकलाइ आत्मनिर्भर बन्ने बाटो मात्रै नभै स्थानिय बजारमा माशुजन्य बस्तुहरु को अभाव नहुने हुदा आय आम्दानिको हिसाबले समेत सबल रहने गच्छदारले बताए।





